प्रहरीको छापा,किरैकिरा परेको म,दिराको खोलो,लाखौंको मदिरा खा,ल्डोमा

लोकल मदिरा उत्पादन नेपालमा थुप्रै हुने गरेको छ । अझ भनौँभने राई, लिम्बू, मगर, नेवार, तराईमा बसोबास गर्ने मधेसी समुदाय इत्यादीको त प्रत्येक घरमा उत्पादन गर्ने गर्दछन ।

बेला बेलामा संसदमै पनि नेपालको लोकल मदिरालाई अन्तर्राष्ट्रिय बजारमा लैजानु पर्ने र त्यसका लागि सरकारले मापदण्ड बनाउनु पर्ने कुरा पनि उठ्ने गरेको छ ।

तर सरकारले भने नेपालमा उत्पादन हुने लोकल मदिरालाई निषेध गरेको छ । अन्य बिदेशी ब्रान्डका मरिदाहरु भने किनबेच गर्न छुट छ ।

सरकारले लोकल मदिरा निषेध गरेता पनि यसको उत्पादन रोकिएको छैन भन्ने सबैलाई थाहा छ । बेलाबेला प्रहरीले यस्ता मदिराहरु नष्ट गर्ने गरेको पनि हामिले देख्ने गरेका छौ ।

यस्तै पोखराको लेखनाथ महानगरपालिका १९ को एक घरमा प्रहरीले छापा मारी सयौँ लिटर मदिरा, मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ र भाडाँकुडाँ बरामत गरि नष्ट गरेको छ ।

पोखरा १९ को एक घरमा मदिरा उत्पादन गरिएको जानकारी पछि पुगेको प्रहरिले उक्त घरबाट लाखौँको मरिदा फेला पारेको हो ।

माटो तथा प्लास्टिकको भाडाँमा राखिएको मदिरा कतिपत किरा परेको अवस्थामा थिए । तर तिनै कुरा परेका कच्चा पदार्थबाट पनि मदिरा उत्पादन गर्ने गरिएको पाइएको छ ।

मदिरा उत्पादनलाई ब्यावसाय नै बनाएकी ती बृद्ध महिलाले यहाँ सबैको घरमा उत्पादन हुने भन्दै आफ्नो मात्र यसरी नष्ट गरेर प्रहरीले आफुलाई अन्याय गरेको बताएकी छिन ।

यहाँ सम्पुर्णको घरमा हेर्ने हो भने मदिरा उत्पादन गरेको भेट्न सकिने भन्दै यदि कार्बाही हुने भए सम्पुर्णलाई हुनु पर्ने उनको भनाई थियो ।

प्रहरीलेले आफुलाई मात्र अन्याय गरेको उनको भनाई छ । अहिले आफ्नो मदिरा नष्ट गर्न आउने प्रहरीहरु नै भरै गएर मदिरा सेवन गर्ने उनले बताईन ।

साथै प्रहरी चौकीकै आसपास मदिरा उत्पादन हुने गरेको र त्यही बाट लगेर प्रहरी चौकी भित्र नै प्रहरिहरुले मदिरा सेवन गर्ने गरेको आफुले देखेको उनको आरोप थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय