पाथीभरा दर्शन गर्न आएकी एक महिलाको मृ,त्यु

ताप्लेजुङमा रहेको प्रशिद्ध तीर्थस्थल पाथीभरामा दर्शन गर्न आएकी एक महिलाको मृ,त्यु भएको छ । पाथीभरा मन्दिरको दर्शन गरि सोमबार बेलुका माथिल्लो फेदीमा बास बसेकी विर्तामोड नगरपालिका २ चारपाने झापा बस्ने ४७ वर्षीया शिबमाया गौतमको मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक कुशराम कार्कीले बताए ।

प्रहरी निरिक्षक कार्कीका अनुसार सोमबार पाथीभराको दर्शन गरि पुनः माथिल्लो फेदीमा आई गौतमलगायत आफन्त बास बसेका थिए ।

बहिनी र अन्य आफन्तका साथ आएकी गौतम मंगलबार राति २ बजे तीर शौचालय गएकी र निकैबेर शौचालयबाट नफर्किएपछि हेर्दा शौचालयमानै लडेको अवस्थामा भेटिएकी थिइन् ।

तत्काल स्थानीय स्वास्थ्यकर्मी बोलाएर चेकजाँच गर्न खोज्दा उनी मृ,त भइसकेकी थिइन् । मृ,त गौतमको श,वलाई जिल्ला अस्पतालमा ल्याउने र पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय