आईसीसी विश्वकप छनोटमा प्रवेश गर्न बिहीबार नेपालले यूएईलाई हराउनै पर्ने खेलमा नेपालले ३११ रनको विशला लक्ष्य पाएको थियो । काठमाडौंको मौसम खराब रहँदा पूरै खेल हुने सम्भावना कम थियो । विशाल लक्ष्य पछ्याएको नेपालले सुरुमै लगातार तीन विकेट गुमाएको थियो ।

तर नेपाली ब्याटरले त्यो दबाब नलिई आवश्यक रनरेटमै रन बनाउँदै गए । तर खेल जब नजिक नजिक पुग्यो कीर्तिपुरको आकाशमाथि बादल मडारिरहेको थियो । समय पनि घर्किँदै थियो । नेपालले ४१ ओभरको समाप्तीमा ६ विकेट गुमाएर २३५ रन बनाएको थियो ।

नेपाललाई जितका लागि अझै ९ ओभरमा ७६ रन आवश्यक थियो । पानीका थोपा परिसकेका थिए । यतिबेला खेल रोकिँदा नेपाल पराजित हुने निश्चित थियो ।यूएईका कप्तान मुहम्मद वसिमले मैदानमा ढिला गरिरहेका थिए । उनी वर्षा कुरिरहेका थिए ।वर्षा भए जित्ने रणनीति उनले बनाएका थिए ।

र उनी ४२ औँ ओभरमा आफैँ बलिङ गर्न आए । बलिङ गर्न आउँदा पनि उनले समय लिएका थिए । वसिमले ४२ औँ ओभर बलिङ गर्दा स्ट्राइकमा गुल्सन झा थिए । उनी त्यतिबेला ३६ बलम २५ रन बनाएर खेलिरहेका थिए । वसिमको पहिलो बलमा झाले रन बनाउन सकेनन् ।

त्यसपछि भने उनी रोकिएनन् । उनले वसिमको दोस्रो बलमा दुई रन लिए । तेस्रो बलमा छक्का प्रहार गरे । त्यसपछि लगातार तीन चौका हाने । वसिमले खेलमा एक मात्र ओभर बलिङ गरेका थिए । झाले वसिमको एकै ओभरमा २० रन जोडे । ४२ ओभरको

खेल सकिँदा नेपालले ६ विकेटमा २५५ रन बनायो । यसै ओभरले नेपाललाई डीएल मेथडमा अगाडि ल्यायो । खेल ४४ ओभरमा समाप्त हुँदा नेपाल ९ रनले अगाडि भयो । र नेपालले ऐतिहासिक जितका साथ जिम्बाबेमा हुने विश्वकप छनोट खेल्ने पक्का गर्‍यो ।

के हो ‘डीएल मेथड’ ?कतिपयलाई डीएल मेथडबारे जानकारी नहुन सक्छ । तर क्रिकेटका फ्यानहरूलाई यो नियमबारे जानकारी हुनसक्छ । यो नियम सुरुमा १९९७ मा जिम्बाबे र इंग्ल्यान्डबीचको खेलमा लागू गरिएको थियो । पछि अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सन् १९९९ मा यो नियमलाई औपचारिक रुपमा लागू गरेको हो ।

भौगोलिक तथा प्राकृतिक कारणले खेलमा प्रभाव पारेको खण्डमा खेललाई निर्णयसम्म पुर्‍याउन डकवर्थ लुइसको प्रयोग गरिन्छ । सोही नियम बिहीबार त्रिवि क्रिकेट मैदानमा नेपाल र यूएईबीचको खेलको नतिजा घोषणाा गरिएको हो ।यस पद्धतिमा पहिले ब्याटिङ गर्ने टोलीलाई आर १ तथा दोस्रो इनिङ्समा ब्याटिङ गर्ने टोलीलाई आर २ का रुपमा मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय