ट्वाइलेट बनाएको पैसा नदिएपछि ठेकेदारले यसरी भत्काए नयाँ शौचालय (भिडिओ)

अमेरिका कोलोराडो राज्यमा एक ठेकेदारले नयाँ शौचालय भत्काइदिएका छन्। घरधनीले ट्वाइलेट बनाएको पैसा दिन अस्वीकार गरेपछि रुष्ट ठेकेदारले हम्मरले हानेर आफूले बनाएको शौचालय भत्काइदिएका हुन्।

डेली मेलका अनुसार टेरी ग्रेगोरी नामका ठेकेदारले घरधनीसँग ४ हजार अमेरिकी डलर पारिश्रमिक र सामग्री खर्च माग्दा उनीहरुले त्यो दिन अस्वीकार गरेका थिए।
भिडिया हेर्नुहाेस् यहा किलिक गर्नुहाेस्

ड्रिम होम रिमोडल्सका ठेकेदार ग्रेगोरीका अनुसार हप्तौं लगाएर एम्बर ट्रक नाम गरेका व्यक्तिको शौचालय निर्माण गरिएको थियो। तर उनले पैसा नतिर्ने भनेपछि आफूहरु त्यो भत्काउन बाध्य भएको ग्रेगोरी बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय