दाङमा ७५ बर्षीय बृद्ध ३५ बर्षीया महिलाकाे मायाजालमा फस्दा सम्पति सकियाे

दाङमा एक ७५ बर्षीय बृद्ध दाङकै ३५ बर्षीया महिलाकाे मायाजाल फस्दा घरकाे सम्पति सकिएकाे छ । लमही नगरपालिका वडा नं. – ९ अमिलियाका ७५ बर्षीय जानकिलाल बस्नेत तुलसीपुर ६ बरूवागाउँ ३५ बर्षीया महिलाकाे नाटकिय मायाजालमा फस्दा सम्पति सकिएकाे हाे ।

उनी तरुणीको पछि लाग्दा लाखौं सम्पत्ति गुमाएका छन् । ती महिलाले बस्नेतसंग विहे गर्ने र बुढेसकालकाे साहरा बन्ने बाचा सहितकाे झुठाे नाटकमञ्चन गरि जग्गा पास गरेकी थिइन ।
गत कात्तिक २८ गते बस्नेतको नाममा रहेको अमिलियास्थित १२ कठ्ठा १५ धुर जग्गा ती महिलाको नाममा पास भएको थियो ।

.त्यसपछि उनी सम्पर्क विहिन भइन् । त्यसपछि बस्नेतले जिल्ला प्रहरी कार्यालयमा मायाजालको नाटक गरि झुक्याएर जग्गा फुत्काएको भन्दै जग्गा फिर्ता पाउनु पर्ने माग गर्दै ती महिला बिरुद्ध माघ २५ गते जाहेरी दिएका थिए । जाहेरी पछि ती महिला हाल प्रहरी हिरासतमा रहेकी छन् ।

स्रोतका अनुसार ती महिलाले उक्त जग्गा एक सहकारीमा धितोमा राखेर झन्डै १६ लाख बढी रकम झिकिसकेकी छन् । जग्गा आफ्नो नाममा नामसारी गरि सकेपछि उनले मतलव गर्न छोडेपछि बल्ल आँफुमाथि प्रेमको नाटक मञ्चन गरि सम्पत्ति कब्जा गर्ने षड्यन्त्र भएको कुरा आँफुले चाल पाएको बस्नेतले बताए ।

ती महिला संग बस्नेतको गत बर्ष जेठ महिना पछि फोन सम्बाद सुरु भएको थियो । फोनबाट कुरा गर्दा गर्दै उनीहरु एक अर्कालाई श्रीमान श्रीमतिको रुपमा स्वीकार्न राजी भएको बस्नेतले बताए । औपचारिक रुपमा बिहे नगरेपनि बिश्वासमा परी आँफुले सम्पत्ति दिन राजी भएको बस्नेत बताउँछन् ।

जग्गा बाहेक पटक/पटक गरि एकलाख ११ हजार रुपैंया लगेको र एउटा सुनको औंठीपनि दिएको बस्नेतकाे दावी छ ।
बस्नेतका अनुसार उनकी श्रीमतिको दश बर्ष पहिले मृत्यु भएको थियो । एक्ला छोरा रोजगारीको सिलसिलामा भारतमा रहेको तथा दुई छोरीको बिहे भइ सकेको बस्नेतले बताए । बस्नेत घरमा एक्लै बस्दै आएका थिए ।

तुलसीपुर बसपार्ककी एक सुनार थरकी महिलाले बस्नेत र ती महिलाको चिनजान गराउनुका साथै नम्बरपनि उपलब्ध गराएका थिए । फोन सम्बाद हुँदै जाँदा सम्बन्ध जोड्ने नाटक गरि आँफुलाई फसाउने खेल भएको बस्नेतले बताए । बस्नेतलाई फसाउने महिला अर्काकी श्रीमति हुन । उनले प्रहरी समक्ष १५ बर्ष यता श्रीमान संग कुनै सम्बन्ध नरहेको भन्ने वयान गरेकी छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय