नेपालमा गरि खान दिएनन् भन्दै अमिलो मन पारी मुटुमा गाँंठो पारेर समीक्षा लागिन अस्ट्रेलिया

– गायिका समीक्षा अधिकारी अष्ट्रेलिया प्रस्थान गरेकी छिन्। मंगलबार राति दिदी सर्मिला अधिकारीको साथमा समीक्षा अष्ट्रेलिया प्रस्थान गरेकी हुन्। समीक्षा र सर्मिलालाई विमानस्थलमा विदाई गर्न उनकी आमा समेत पुगेकी थिइन्। विदाई गर्न लाग्दा समिक्षाले आमासँग खिचाएका तस्वीरहरु सामाजिक संजालमा भेट्न सकिन्छ।

समिक्षाका भेना सुवास खत्रीले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा सर्मिला र समिक्षालाई विदाई गर्दाको भिडियो टिकटकमा अपलोड गरेका थिए। जुन भिडियोमा हजारौं कमेन्टहरु छन्।

कमेन्ट पढ्दा समीक्षा कुनै कार्यक्रमको लागि नभएर अध्ययनको लागि अष्ट्रेलिया गएको स्पष्ट हुन्छ। धेरैले समिक्षालाई अष्ट्रेलिया बसाई सफल रहोस् भनेर शुभकामना दिएका छन्। त्यसो त, समिक्षाका भेना सुवास खत्रीले पनि अष्ट्रेलिया बसाई सुखद रहोस् भनेर टिकटक भिडियोको क्याप्सनमा उल्लेख गरेका छन्।

अध्ययन एवम् सुरक्षीत भविष्यको लागि समीक्षा अष्ट्रेलिया गएकी हुन् भन्ने कुराको बारेमा केही आधिकारिक धारणा भने आएको छैन। यद्यपि धेरैले उतै पलायन हुने गरि गएको जनाएका छन्। यस बारे बुझ्न खोज्दा समिक्षाका अर्का भेना पर्नेसँग बुझ्दा सांगीतिक कार्यक्रमको लागि गएको फिल्मीपत्रसँगको कुराकानीमा बताए।

यदि सांगीतिक कार्यक्रमको लागि अष्ट्रेलिया गएको भए कार्यक्रमको कुनै पोस्टर समिक्षाले फेसबुकमा सार्वजनिक गर्थिन होला। तर न त कुनै कार्यक्रमको बारेमा समिक्षाले जानकारी गराएकी छिन्, न त कुनै आयोजक टिमले नै। यो सब कुराबाट स्पष्ट हुन्छ कि समीक्षा अब अष्ट्रेलियामै बस्ने छिन् र आफ्नो बाँकी पढाइ उतै पूरा गर्नेछिन्।

यसरी एक्कासि अष्ट्रेलिया प्रस्थान गर्दा समिक्षाका हजारौं शुभचिन्तकहरु अचम्मित परेका छन्। ‘कस्तो विडम्बना यस्तो राम्रो गायिकाले देश छोड्नु पर्‍यो’, ‘आखिर नेपालमा सुरक्षित भविष्य रहेनछ’, ‘अष्ट्रेलिया गएपनि गीत गाउन चाहिँ नछोड्नु है’, ‘अष्ट्रेलियामा स्वागत छ, अब यतै सुन्दर भविष्य बनाउनु पर्छ’ लगायतका सयौं कमेन्टहरु समिक्षाका नजिकका साथीहरुले टिकटकमा गरेका छन्।

यसरी यी कमेन्टहरु पढ्दा साँच्चिकै समीक्षा अष्ट्रेलिया पलायन भएको भन्ने बुझिन्छ। समीक्षा विगत १ वर्षदेखि आफ्नो जीवनमा घटेको घटनाबाट निकै विक्षिप्त थिइन्। कुन घटना हो, त्यो त सबैमाझ जगजाहेर नै छ। जे होस् सानै उमेरमा हजारौं गीत गाएर दर्शक स्रोताको मन जितेकी समिक्षाले देश छोड्नु भनेको पक्कै राम्रो होइन।

उनले चलचित्र ‘नाईं नभन्नु ल’को ‘फेरि कहाँ आउँछ र घुमेर’ बोलको गीतबाट गायनमा डेव्यु गरेकी थिइन्। समीक्षा एउटा अब्बल गायिका मात्र नभएर एक मोडल पनि हुन्। उनले अभिनय गरेका दर्जन बढी म्युजिक भिडियोहरु निकै लोकप्रिय छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय