अवैध बाटो हुदै अमेरिका पुग्ने २० वर्षिय मदनकाे सपना पानामाको जंगलमा अस्तायाे

तुलसीपुर । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका वडा नम्बर १० का एक युवकको अमेरिका जाने क्रममा मृ’ त्यु भएको छ । अवैध रुपमा अमेरिका छिर्न लागेका आठबीसकोट १० भयाउनेका २० वर्षिय मदन शाहीको पानामाको जंगलमा मृ’ त्यु भएको हो ।

शाहीको डिसेम्बर ११ अर्थात गत मंसिर २५ गते नै मृ’ त्यु भएको थियो । खोला तर्ने क्रममा भाइको बगेर ज्यान गएको ढिलो गरी जानकारी आएको मदनका साइला दाइ कपिल शाहीले जानकारी दिनुभयो । खोला तर्नका लागि खोलामा राखिएको डोरी चुँडेर भाइ खोलामा बगेको र मृ’ त्यु भएको जानकारी बिहिबार मात्र पाएको उहाँले बताउनुभयो ।

भाइको टोलीमा कोही पनि नेपाली नभएका कारण मृ’ त्युको जानकारी आउन समय लागेको उहाँले बताउनुभयो । उहाँका अनुसार भाइसंग गएका अन्य व्यक्तिलाई ब्राजिलबाट फर्काएको र अन्य देशका टोलीसंग मदन मात्र गएका थिए । मदन ५ भाइ मध्यका काइला हुनुहुन्छ ।

उहाँ गत फागुन १८ गते अमेरिकाका लागि निस्किनुभएको थियो । अहिलेसम्म भाइको लागि करिब ४० लाख खर्च भइसकेको दाइ कपिलले बताउनुभयो । भाइको श’ व नेपाल ल्याउन पहल भइरहेको र यसका लागि जेठा दाइ हर्कु शाही काठमाडौं गएको उहाँको भनाई छ ।

यो पनि – दाङमा मोटरसाइकल र स्कुटी आपसमा ठक्कर खादा दुईजना घा’ इते भएका छन । घाइते हुनेमा स्कुटी चालक तुलसीपुर २ निवासी २१ वर्षीय श्रदा खत्री र मोटरसाइकल चालक तुलसीपुर १ निवासी ठाकुर प्रसाद भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

भम्के बाट तुलसीपुर तर्फ आउदै गरेको रा ७ प ६८०१ नम्बरको स्कुटि र बिपरीत दिशा बाट गईरहेको रा १ प ३२२९ नम्बरकोे मोटरसाइकल तुलसीपुर २ भम्केनेर ठोक्किदा दु’ र्घटना भएको प्रहरीले बताएको छ । घा’ ईते दुबैजनाको सिटि हस्पिटल तुलसीपुरमा उपचार भईरहेको र दुबै सवारी साधन घटना स्थलमै रहेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै उता मकवानपुरको बकैया गाउँपालिका ५ तिनतलेमा सिमेन्ट बोकेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । दु’ र्घटनामा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका १८ फुर्केचौरका ३० वर्षीय विक्रम भम्जनको ज्यान गएको प्रहरीले जनाएको छ ।

दु’ र्घटनामा घा’ इते भएका भम्जनको उपचारका क्रममा चुरेहिल अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।दु’ र्घटनामा घा’ इते भएका चारमध्ये एक जनाको ज्यान गएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय