बुटवलमा बसले किच्दा रहेनन् १५ महिने बालक, देख्ने रोए

बुटवलमा बसले किच्दा १५ महिने बालकको मृत्यु भएको छ । आइतबार बुटवल(११ मझुवामा बसले किच्दा बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय गोविन्द खत्रीका छोरा बिहानी रहेका छन् ।

गम्भीर घाइते भएका बालकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । हाल बससहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

यो पनि : चितवनमा खाग काटिएको अवस्थामा गैंडा मृत फेला:चितवनको कालिका नगरपालिका १ मा मृत अवस्थामा गैंडा फेला परेको छ ।

चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा खाग काटिएको गैडा मृत फेला परेको हो ।

गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने आशंका डिभिजन वन कार्यालयले गरेको छ ।

डिभिजन वन कार्यालय चितवनले गैंडाको खप्पर र हड्डी मात्रै भेटिएको जनाएको छ ।

डिभिजन वन र चितवन राष्ट्रिय निकुञ्जको टोली पुगेर पोष्टमार्टम गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय