अर्घाखाँचीमा पोखरीमा डुबेर २७ बाँदर मरे: एउटालाई बचाउन जाँदा सबैको ज्यान गयो

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क ९ अर्घामा रहेको पोखरीमा डुबेको अबस्थामा २७ बाँदर मृत भेटिएका छन् । सन्धिखर्क नगरपालिका ९ अर्घामा रहेको सिचाई पोखरीमा डुबेर २७ बाँदर मरेका जिल्ला वन कार्यालय अर्घाखाँचीका सहायक वन अधिकृत मोती पौडेलले बताए ।

पहिला एउटा बादर पानी खान जाँदा पोखरीमा परेर पछि सो बाँदरलाई बचाउन भनी जाँदा अन्य बादरहरु पनि सोही ठाँउमा डुबेर मरेको हुन सक्ने स्थानीयको आशंका छ ।

पोखरी जंगलको बिचमा रहेको कारणले गर्दा बाँदर पोखरीमा पसेको थाहा हुन नसकेको र उद्धार पनि हुन नसकेको स्थानीयको भनाइ छ । जिल्ला वन कार्यालय अर्घाखाँचीका कर्मचारी दिपक पान्डेको नेतृत्वमा गएको टोलीले निरीक्षण गरेको र मरेका सबै बाँदरलाई जनप्रतिनिधि, प्रहरी ,स्थानीयबासी सबैको रोहबरमा गाडिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय