संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्दा पक्राउ परेका सुरक्षा गार्ड रिहा भएका छन् । सुरक्षा गार्ड शेरजङ गुरुङलाई आज (सोमबार) साधारण तारेखमा रिहा गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले गुरुङलाई आवश्यक प्रक्रिया पूरा गरी रिहा गरिएको बताए ।

गुरुङसँग प्रशासनले बयान लिएको थियो । त्यसपछि प्रमुख जिल्ला अधिकारीको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । बयानमा उनले आफूले कुनै गल्ती नगरेको र आफ्नो ड्युटी पूरा गरेको बयान दिएका छन् ।भिसा सेन्टरमा बायोमेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठले लाइन मिच्न खोजेपछि गुरुङले रोकेका थिए ।

सुरक्षा गार्ड गुरुङलाई थुनामा राखेको भन्दै उनकी श्रीमती लक्ष्मी गुरुङका तर्फबाट सोमबार दिउँसो सर्वोच्च अदालतमा मन्त्री श्रेष्ठ, पर्यटन र गृह मन्त्रालय, प्रहरी, जिल्ला प्रशासन कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालयलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो । रिटको सुनुवाइ भोलिका लागि तोकिएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले गुरुङलाई प्रक्रिया पूरा गरेर रिहा गर्न प्रजिअ रिजाललाई निर्देशन दिएका थिए । आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाउँदै मन्त्री श्रेष्ठले उनका अङ्गरक्षक रवीन कार्कीमार्फत शुक्रबार ठमेलस्थित क्यानेडियन भिसा सेन्टरमा कार्यरत सुरक्षा गार्ड गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

सुरक्षा गार्ड गुरुङलाई थुनामा राखेको भन्दै उनकी श्रीमती लक्ष्मी गुरुङका तर्फबाट सोमबार दिउँसो सर्वोच्च अदालतमा मन्त्री श्रेष्ठ, पर्यटन र गृह मन्त्रालय, प्रहरी, जिल्ला प्रशासन कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालयलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो ।

रिटको सुनुवाइ मंगलबारका लागि तोकिएको छ । तर, त्यसअघि नै गुरुङलाई प्रशासनले सोमबार साँझ नै रिहा गरेको हो ।सोमबार दिउँसो गृहमन्त्री बालकृष्ण खाँणले गुरुङलाई प्रक्रिया पूरा गरेर रिहा गर्न काठमाडौंका प्रजिअ रिजाललाई निर्देशन दिएका थिए ।

त्यसको केही बेरमै रिजालले प्रहरीलाई बोलाएर गुरुङसम्बन्धी फाइल जिल्ला प्रशासन कार्यालयमा पेस गर्न निर्देशन दिएका थिए ।त्यस्तै नेपाल श्रमिक आपूर्तिकर्ता संघका तर्फबाट अध्यक्ष रामेश्वर शाहले गुरुङलाई पक्राउ गरी थुनामा राखेकोमा आपत्ति जनाउँदै रिहा गर्न माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय