![](https://khabarbureau.com/wp-content/uploads/2022/09/20220905_143048.jpg)
काठमाडौँ । स्वतन्त्रबाट काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित बनेको मेयर बालेन्द्र साह (बालेन) ले आफ्नो ५ बर्षे कार्यकालको सय दिन पुरा गरेका छन् । आफ्नो नेतृत्वमा भएका उपलब्धिका विषयमा मेयर बालेनले जानकारी गराएका छन् । उनले आफ्ना कमजोरीहरुलाई पनि खेलेरै स्विकार गरेका छन् ।
मेयर बालेनले गरिएका र गर्न नसकिएका कामहरुका बारेमा पनि जानकारी दिएका छन् । काठमाडौँको बालुवाटारमा ठेलागाढामा मकै पोलेर जीवीकोपार्जन गर्ने दम्पत्ती माथी भएको व्यवहारदेखी यमबुद्धको सालिक बनाउन महानगरले छुट्टाएको बजेटसम्मका बारेमा स्पष्टिकरण दिएका छन् ।
मकै पोल्ने दम्पत्ती माथी महानगरपालिकाबाट भएको व्यवहारका बारेमा पहिलो नम्बरमा नै लेखेको छन् । उनले यो विषय सम्झँदा आफुलाई अहिले पनि धर्म संकट हुने बताएका छन् । तर पनि भावनामा बगेर मात्रै सबै कुरा नहुने भन्दै दिर्घकालिन दृष्टिकोणले हेर्दा त्यो कुरा जायज भएको बताएका छन् ।
फुटपाथ पैदलयात्री हिड्नैका लागी बनाइएको दाबी गर्दै उनले कोही न कोही कठोर हुनै पर्ने बताएका छन् । विकल्प भने आफुले दिन नसक्ने पनि बालेनले भनेका छन् । विकल्प दिन सक्ने क्षमता महानगरको नभएको भन्दै संघिय सरकारमा आफु भएको भए धेरै गर्न सक्ने तर अहिले हटाउने काम मात्रै आफुले गर्ने र त्यो काम गरिरहने उनले भनेका छन् । ठेलागाडामा मकै पोल्नेलाई हटाएकै परिणाम बानेश्वर र असनक्षेत्रमा देखिएको दाबी उनले गरेका छन् ।
बालेनले अझै केही समय गाली सहने तर समस्याको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र नमोडिने बताएका छन् ।मेयर पद सम्हालेको एक सय दिनको सन्दर्भमा उनले सामाजिक सन्जालमार्फत् सो कुरा बताएका हुन् । तर, एक सय दिनको दौडमा नभई आफूसाग पााच वर्षको योजना रहेको भन्दै उनले आफूहरुप्रतिको विश्वास र समर्थनलाई निराश नबनाउने प्रतिबद्धता जनाएका छन् ।
उनले एक सय दिनभित्र फोहोर व्यवस्थापन गर्ने भने पनि आफूले सोचेजस्तो हुन नसकेको स्वीकार गरेका छन् । ‘तर झण्डै दुई दशकदेखि कुहिएर रहेको रहेको समस्यालाई हामीले सतहमा ल्याउन भने सक्यौं,’ उनले भनेका छन्, ‘यसबाट वास्तविक समस्याहरुको पहिचान भएर दिगो समाधानका योजनाहरु बनाउन सक्ने भएका छौं ।’