काठमाडौं । भारत, उत्तर प्रदेश नोएडाको सुपरटेक ट्विन टावर अगस्ट २८ (आज) भत्काइनेछ । यो भवन नोएडा सेक्टर ९३एमा गैरकानूनी रूपमा बनेको थियो, त्यसपछि सर्वोच्च अदालतले यसलाई भत्काउन आदेश दिएको हो ।

यसअघि उक्त टावरलाई अगस्ट २१ सम्म भत्काउनुपर्ने थियो, तर अदालतले नोएडा प्राधिकरणको अनुरोध स्वीकार गर्दै अगस्ट २८ सम्मको मिति थप्यो ।आइतबार दिउँसो २:३० बजे मात्र १२ सेकेन्डमा यी दुवै टावर भग्नावशेषमा परिणत हुने भारतीय सञ्चारमाध्यममा उल्लेख छ।

भारतमा दिल्लीको छेउमा रहेको नोएडाको सेक्टर ९३एमा रहेको प्रसिद्ध ट्विन टावर भत्काउने सबै तयारी पूरा भएको छ ।टावर भत्काउँदा निस्किएको धुलो र कंक्रीटले वरपरको क्षेत्र पारेको फोहोर हटाउन नोएडा प्राधिकरणले धेरै तयारी गरेको जानकारी दिएको छ।

सुपरटेकको ट्वीन टावर भत्किएपछि त्यसले वरपरको वातावरण र बस्तीमा फैलिएको धुलो सफा गर्न प्रभावित क्षेत्रमा पानीका ट्याङ्कर, मेकानिकल स्वीपिङ मेसिन र सफाईकर्मी परिचालन गरिएको बताइएको छ ।

प्रभावित क्षेत्रमा सरसफाईका लागि ६ मेकानिकल स्वीपिङ मेसिन र २०० कर्मचारी तयारी अवस्थामा छन्। यसका साथै प्रभावित क्षेत्रमा सडक, फुटपाथ, पार्क, मध्यवर्ती किनारा, रुख तथा बोटबिरुवा धुनका लागि १०० वटा पानी ट्याङ्कीको पनि व्यवस्था गरिएको छ ।

२० वटा ट्रयाक्टर ट्रली पनि राखिएको छ ।सो कार्यबाट वरपरका क्षेत्रमा रहेका रुख तथा बिरुवाहरूमा जमेको धुलो तुरुन्तै हटाइने बताइएको छ । साथै आगामी केही दिनसम्म प्रभावित क्षेत्रमा पानी छिट्ने जानकारी दिइएको छ ।

एपेक्स र केएन नामका टावरहरू सुपरटेक बिल्डरले बनाएका थिए। यी ३० तले भवनलाई ट्विन टावर पनि भनिन्छ। यी टावरको उचाइ ३२० फिट भन्दा बढी छ।भारत हालसम्म भत्काइएका मध्ये सबैभन्दा ठूलो भवन यही हुनेछन् । यी नोएडाको घना बस्तीमा अवस्थित छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय