काठमाडौं महानगरपालिकाले अवैधरूपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर जारी राख्ने भएको छ ।

‘यो अभियानको रूपमा सञ्चालन गर्ने हो, कामपाको ३२ वटै वडामा अवैध रूपमा निर्माण भएका संरचना बाँकी राखिने छैन’, कामपा प्रमुख बालेन शाहको सचिवालय सदस्य सुनिल लम्सालले भने।

नक्सा पास नगरी निर्माण भएका र नक्सा पासअनुरुप निर्माण नगरिएका दुवै संरचना हटाइने उनले बताए। ‘संरचना निर्माणको सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई आग्रह गर्ने र कागजातअनुरुप गलत प्रमाणित भए थप कानुनी प्रक्रिया अघि बढाइने छ’, उनले भने।

यसरी अभियानको अग्रपंतिमा देखिने एक महिला ट्राफिक प्रहरी सबैको नजरमा परेकी छिन् । मेयर बालेनको काममा होस्टे मा हैंसे मिलाइएकी ट्राफिक प्रहरी हुन् : मीरा चौधरी ।

महानगरीय ट्राफिक प्रहरी कार्यालय काठमाडौंको प्रमुख प्रहरी रहेकी नायव महानिरीक्ष मीरा चौधरीले उपत्यकाको ट्राफिक जाम कम गर्न आफूले सक्दो प्रयास गर्ने घोषणा गरेकी छिन् । उनले ट्राफिक जाम कम गर्न आफूले व्यवस्थित पार्किङस्थलमा जोड दिएको बताईन् ।

उनले भनिन्,“उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि पार्किङ स्थलको समस्या समाधान हुनुपर्छ । यसका लागि काठमाडौंका मेयरसँग समन्वय गरेर काम भैरहेको छ ।’ त्यस्तै, डीआईजी चौधरीले सार्वजनिक सवारीको भाडादर अनुगमन, यात्रु सहायता, बसपार्कजस्ता समस्या समाधानका लागि यातायात व्यवसायीसँग निरन्तर छलफल जारी रहेको बताइन् ।

उनी नेपाल प्रहरीको फुटबल क्लबमा आबद्ध एउटा कुशल खेलाडी पनि थिइन् । – विभिन्न स्रोत सामग्रीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय