काठमाडौं । काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्टाटसमार्फत काठमाडौं महानगरपालिकाका मेयर हर्क साम्पाङको खेदो खनिरहेका छन् ।

उनले स्टाटस, युट्युबरहरुमाफर्त मात्र नभई फेसबुक लाईभमा समेत आएर बालेनको खेदो खनिरहेका हुन् र उनले भनेका छन् जबसम्म काठमाडौंको फोहोर उठ्दैन तबसम्म छाड्दिन ।

यसैबीच, यता बालेन फोहोरलाई जतिसक्दो चाडो उठाउन लागिपरेका छन् । उनले हर्क साम्पाङको नाम नलिई तर उनीतर्फ इंगित गरेर तीब्र गतिमा काम भइरहेको स्टाटस लेखेका छन् । केहीले बालेनको स्टाटसमा पथ्थरको जवाफ फुलबाट भनेर प्रतिक्रिया दिइरहेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले अब केही दिनमै उपत्यकाको फोहोर उठ्ने दाबी गरेका छन् । उनले फोहोर फाल्ने क्रममा सडकमा भएका सम्पूर्ण अवरोधहरु हटेको बताउँदै यस्तै अवस्था रहे केही दिनमा फोहोर उठ्ने बताए ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर साहले आज मात्रै २८४ गाडीले फोहोर बोकेर बञ्चरेडाँडा पुगेको उनको भनाइ छ । उनले महानगरसँग सिमित मात्रामा फोहोर बोक्ने ट्रकहरु रहेको बताए ।

‘ट्रिपर, ट्रक जस्ता ठुला मेसिनरीका व्यवसायीहरुको सहयोगले मात्रै छोटो समयमा धेरै भन्दा धेरै फोहोर उठाउन सकिन्छ’, उनले लेखेका छन्, ‘हाम्रो आग्रह स्वीकारेर फोहोर ढुवानी गर्न सहयोग गर्नु हुने समानान्तर (निशुल्क ३० वटा), नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ (इन्धन महानगरले भर्ने गरी १८ वटा), नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति, गाडी चालक, सहयोगी लगायत सम्बद्ध सबैप्रति हामी आभारी छौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय