काठमाडौं ।

कुकुर मालिक (करोडपति) भएको दृश्य हामीले चलचित्रमा देखेको वा कथामा सुनेको हुनुपर्छ ।

तर भारतको गुजरातमा २२ बिघा जग्गाको मालिक कुकुर भएको कुराले तपाईं हैरान बनाउन सक्छ ।

करोडौं मूल्यको सो जग्गाको मालिक कुनै मानिस नभइ कुकुर हो ।

बीबीसीका अनुसार गुजरातको बनासकांठा जिल्लाको पालनपुर तालुकको कुस्कल गाउँका कुकुर करोडपति कुकुर छन् ।

बाहिरबाट गाउँ प्रवेश गर्दा सबभन्दा पहिले २२ बिघा जमिन देख्न पाइन्छ । सो, जग्गाको अनुमानित लागत ८ करोड भन्दा धेरै रहेको छ ।

कुकुरहरुकै लागि प्रयोग गरिने भएका कारण त्यस ठाउँलाई कुतरिया भनिन्छ । २२ बिघा जमिन नै कुकुरको नाममा भएकोले कुकुरलाई निकै धनी मानिन्छ । पूर्खाले नै कुकुरको लागि सो जमिन राखेका स्थानीय बताउँछन् ।

रोचक कुरा के भने, गाउँमा रहेको सो जमिनमा खेती गरिने र त्यहाँबाट आएको आम्दानीले कुकुरलाई हेरचाह गरिन्छ । पालैपालो गरेर दैनिक १० किलो बाजराको रोटी पकाइन्छ ।

दैनिक ४०० रोटी पाक्ने गरेको बीबीसीले उल्लेख गरेको छ । तपाईंलाई जानकारी गराउ कि प्रत्येक घरको पालो एक वर्षमा एकपटक मात्र आउने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय