मेयर हर्क साम्पाङको पहलमा धरान उपमेट्रोले धरानमा पहिलो पटक खोलाको पानीबाट सफलतापूर्वक विद्युत उत्पादन गरेको छ । उनी भन्छन्, “यो मेरो एउटा सपना हो। नि:शुल्क सहयोग गर्ने सबै स्थानीयवासीप्रति आभारी छु। पानीको अभाव हुँदा जाडोमा हावाबाट बिजुली उत्पादन गर्ने काम पनि गर्नेछौं।” ❤️

काठमाडौं । धरान उपमहानगरपालिकाका जनप्रिय मेयर मेयर हर्क साम्पाङ लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा दिनमा १० भन्दा बढी स्टाटस लेख्ने गर्छन् । उनकै स्टाटसलाई सूचना मानेर धरानेहरु विकास, निर्माण देखि सचेतना जगाउने अभियानमा जुट्ने गर्छन् ।

जनप्रतिनिधीको अर्थलाई वास्तविक रुपमा व्यवहारमा परिणत गरेका मेयर साम्पाङ र प्रतिनिधीसभा सबैभन्दा ठूलो दलको रुपमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको धरान कमिटिबीच ठूलै लफडा देखिएको छ ।

नेकपा एमाले नेतृ एवं धरानकी निवर्तमान उपमेयर मञ्जु भण्डारीले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) विरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी छिन्।

मेयर साम्पाङको आधिकारिक फेसबुक पेज ‘हर्क साम्पाङ अ रेभुलेसन’ले सामाजिक तथा जातीय सद्भाव विथोलिने गरि आफ्नो फेक आइडी बनाएर लेखिएको पोष्टको स्क्रिनसट सम्प्रेषण गरेपछि बाध्य भएर साइबर अपराधविरुद्ध उजुरी दिनुपरेको भण्डारीले बताइन्।

बिहीबार होटल सन्ध्या इनमा पत्रकार सम्मेलन गर्दे एमाले केन्द्रीय सदस्य समेत रहेकी भण्डारीले मेयर साम्पाङले सम्प्रेषण गरेको स्क्रिनसट आफ्नो नभै फेक आइडि बनाएर गरेको कुकृत्य भएको पनि बताइन्।

यता मेयर हर्कले आफुसंग टक्कर लिन खोज्यो भने व्यक्ति मात्रै होइन दलनै सिद्धिने बताए । बुधवार दिउसो सर्दुखोलामा माइक्रो मिनी हाइड्रो पावर हाउस बन्दै गरेको स्थलमा संचाकर्मीहरुसंग सो कुरा व्यक्त गरेका हुन् ।

उनले एमालेतर्फ संकेत गर्दै यसो भनेपछि पार्टीको केन्द्रीय तहमै तरंग पैदा गरेको छ । अहिले मेयर हर्क राईलाई देशभरका जनताहरुले मन पराएकाले र साथ दिएकाले एमालेले उनीसँग विचार पुर्याएर कदम चाल्नुपर्ने नत्र पार्टीेलाई नै आउने मंसिर ४ को चुनावमा धक्का लाग्नसक्ने भन्दै नेताकार्यकर्ताहरुले चिन्ता व्यक्त गरिरहेका छन् ।

उनले अहिले सम्म आफ्नो अभियानलाई निस्तेज पार्नका लागि केही अराजक तत्त्व भिजिलान्तेहरुले आफूलाई तगारो लगाउन खोजेको भन्दै मेयर साम्पाङले भने, ‘मेरो खुट्टा तान्न खोजिएको होला म उड्ने मान्छे हुँ, खुट्टाले हिडने मान्छे होइन ।’

बराह पीडितको प्रसङ्गमा मेयर साम्पाङले आफू जहिल्यै पनि पीडितको पक्षमा रहेको र अहिले पनि आफू पीडितले न्याय पाउनुपर्छ भन्ने रहेकोले धरान उपमहानगरपालिकाले बराहको सबै सम्पत्ति रोक्काको लागि सम्बन्धित निकायलाई पत्राचार गरेको बताए ।

तर अराजक तत्त्वहरूले आफू विरुद्ध मुर्दावादको नारा समेत लगाउँदै आफ्नो कार्यकक्षको झ्यालको सिसा समेत तोडफोड गरिएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए । त्यसैले ती अराजक तत्त्वहरूको कानुनी उपचार हुनुपर्ने पक्षमा आफू रहेको समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय