#दुखद_घटना
हिजा लगभग साड़े तीन बजेतिर कर्मठ फरेष्ट बस्ती निवासी सन्तोष राई अनि बिपना तामाङ (पती पत्नी) लाई सिलीगुडी बाट सिक्किम गइरहेको गाड़ीले पछिबाट उनीहरू चड़ेको स्कुटीलाई टक्कर दिएको कारण बिपना राईको मृत्यु भएको खबर पारिवारिक सुत्रबाट थाहा लागेको छ।

सन्तोष राई अनि बिपना तामाङ दुवै सिबिक भोलेन्टियर हुन् उनीहरु आफ्नो ड्युटी सकेर घर जाने क्रममा सो दुर्घटना भएको खबर छ।

घट्नामा गम्भीर घाइते बनेका सन्तोष अनि बिपना लाई रम्बी हस्पिटल लगिएको थियो जँहा डाक्टरहरुले अवस्था नाजुक देखेपछि सिलीगुडी लाने सुझाव दिएका थिए तर सिलीगुडी लाने क्रममा बाटैमा बिपना तामाङको मृत्यु भएको थियो भने सन्तोषको पनि तीनवटा जति करंग भाँचिएको खबर प्राप्त भएको छ उनी अहिले सिलीगुडी को निजी नर्सिङ होममा उपचाराधिन छन्।

सन्तोष अनि बिपना को एकजना चार बर्षिय छोरा पनि रहेको जानकारी प्राप्त भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय