नवलपरासी बर्दघाटका सुरेश गुरुङ अहिले यूकेस्थित क्यान्टबरीको एक स्ट्रबेरी फार्ममा काम गर्छन्। हरेक बिहान ४ बजे उठ्नु, खाजा खानु र आफू जस्तै कामदारहरूको लाममा मिसिएर स्ट्रबेरी टिप्न निस्कनु उनको दैनिकी बनेको छ।

अस्थायी बसोबासबाट एक किलोमिटर पर रहेको फार्ममा उनीहरू ७-८ घण्टादेखि १२ घण्टासम्म खट्छन्।कम्पनीले आवश्यकता अनुरूप स्ट्रबेरी टिप्ने बाहेक गोडमेल समेत गराउने उनी बताउँछन्।

गुरुङ र अन्य कामदारले प्रतिघण्टा छ क्रेट स्ट्रबेरी टिप्नुपर्छ र त्यसबापत घण्टाको १०.१० पाउन्ड रकम उनीहरूको ब्याङ्क खातामा जम्मा हुन्छ।”लक्ष्य पूरा गर्नु पर्छ। त्यसैले छिटो गर्न भन्छन्।

शनिवार र आइतवार छुट्टी भनिएको थियो तर त्यो बेला पनि स्ट्रबेरी पाक्यो वा माग बढी भयो भने काममा लिएर जान्छन्,” गुरुङले भने। उनले त्यहाँ बसेको मासिक ६० पाउन्ड तिर्नु पर्छ र खानाको खर्च आफ्नै हो।

उनीहरू बसेको ठाउँमा इन्टरनेट सुविधा छैन। त्यसैले परिवारसँग सम्पर्कमा रहनका निम्ति मोबाइलमा इन्टरनेट डेटा लिनुमा खर्च भएको छ।
कुल खर्च कटाएर मासिक डेढ लाख नेपाली रुपैयाँ जोगाउन सकिने उनको अनुमान छ। यूकेले छ महिनाका लागि दिने मौसमी कामदार भिसा लिएर त्यहाँ पुग्नका निम्ति आफूले छ लाख नेपाली रुपैयाँ बुझाएको उनको दाबी छ।

गुरुङले भने, “यो त हाम्रो लागि रोजगारीको अवसर हो। तर यहाँ आउनकै लागि केही साथीले आठ लाख, कसैले १२/१४ लाखसम्म बुझाउनु परेको थाहा पायौँ।” धादिङका अजित क्षेत्रीलाई ‘ठाउँ- यूके, कमाइ- ६ महिनामा कम्तीमा नौ लाख’ भन्ने सुनेपछि ठाउँ र रकम दुवै आकर्षक लाग्यो।उनले पनि यस मौसमी रोजगारीका लागि जाने योजना बनाए र साथीमार्फत गोङ्गबुस्थित एक म्यानपावर कम्पनीमा पुगे।त्यहाँ उनले चिकित्सा परीक्षणका लागि उनले ५,५०० रुपैयाँ बुझाए र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएपछि पासपोर्ट मागेर राखियो।”फेरि मेडिकल गर्नु पर्छ भनिएको छ। अन्तर्राष्ट्रिय स्तरको गर्नु पर्ने भएकोले अब चाहिँ आठ हजार दिनु पर्छ रे,” उनले भने।

भिसा आएपछि छ लाख २५ हजार रुपैयाँ तिर्ने सर्तमा उनले आफ्नो पासपोर्ट छोडेको तीन साता बित्यो। उनी आफूले केका लागि त्यो रकम बुझाउन लागेको चाहिँ पत्तो नभएको बताए । व्यक्तिगत रूपमा भिसा आवेदन दिएर जान मिल्ने भए पनि कम्पनीहरूमार्फत जाने भएकाले आवश्यकभन्दा छ गुणा बढीसम्म रकम तिरेको कामदारहरूले बताएका छन्।

यूकेको पर्यावरण, खाद्य तथा ग्रामीण मन्त्रालयले नेपालीहरू कामदारको रूपमा विदेश जाँदै गर्दा उनीहरूसँग कहाँ र कति रकम असुली गरिन्छ भन्नेबारे निरीक्षण गर्ने दायित्व नेपाल सरकारको भएको बीबीसीसँग बताएको छ। यद्यपि ग्याङ मास्टर एन्ड लेबर अब्यूज अथोरीटी जीएलएएले मौसमी कामदारको रूपमा यूके आउन चाहने नेपाली र उनीहरूसँग अतिरिक्त शुल्क लिइएको आरोपहरूबारे जानकार रहेको जनाएको छ।

“जीएलएएले यहाँको विदेश मन्त्रालय ‘एफसीडीओ’सँगको समन्वयमा श्रमिक नियमविपरित नेपाली कामदारहरूको भर्तीमा हुने जोखिम न्यूनीकरण गर्न काम गरिरहेको छ,” मन्त्रालयले बताएको छ। त्यस्तै यूकेमा श्रम शोषणको आरोप बाहिरिएको खण्डमा जीएलएएले अनुसन्धान गर्ने र समस्या न्यूनीकरण गर्न अख्तियारप्राप्त निकायहरूसम्म उक्त जानकारी पुर्‍याउने बताएको छ।

के भन्छ नेपाल सरकार?
मौसमी कामदारको रूपमा यूके गएका नेपालीहरूले श्रम स्वीकृति लिँदा ‘आफूले व्यक्तिगत रूपमा भिसा आवेदन दिएको र अरू कसैलाई पनि अतिरिक्त शुल्क नबुझाएको’ भन्दै हस्ताक्षर गर्ने वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेल बताउँछन्।

“व्यक्तिले नै पैसा नदिएको दाबी गरेपछि त्यस सम्बन्धमा कारबाही अघि बढाउन गाह्रो हुन्छ। यसबारे कसैको उजुरी परिहाल्यो भने हामीले छानबिन गर्छौँ,” उनले भने। व्यक्तिगत श्रम स्वीकृति म्यानपावरले गराउन नपाउने उनको ठहर छ। तर अधिकांश मौसमी कामदारहरू संस्थाबाट निर्देशित भएको पाइन्छ।

कति नेपाली यूके पुगे?
नेपालको लागि मौसमी कामदार भिसा आवेदन खुला भएदेखि हालसम्म ९३७ जना नेपालीहरूको यूके पुगेका छन्। तीमध्ये १२८ जना मात्र महिला हुन्। वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति लिनेहरूको तथ्याङ्कका आधारमा गत वर्षको भदौ महिनादेखि यस प्रकृतिको भिसामा नेपाली कामदार जान सुरु भएको देखिन्छ।

मौसमी कामदारको श्रम स्वीकृतिबारे अन्योल
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसालले भने मौसमी कामदारहरूले श्रम स्वीकृति नलिएको बताए। उनका अनुसार दुई वर्षभन्दा कम अवधिको करार भएकाहरूलाई श्रम स्वीकृति दिइँदैन। भुसाल भन्छन्, “दुई वर्षभन्दा कम अवधि करार भएको अवस्थामा श्रम स्वीकृति नदिने अभ्यास छ। यो कानुनमा लेखिएको विषय होइन तर कुनै पनि व्यक्ति वैदेशिक रोजगारीको लागि जान्छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय