एजेन्सी— भारतमा शुक्रबार ३ लाख ३५ हजार ३९३ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

यतिबेला २.४१ लाख संक्रमित निको भए, जबकी ४८२ जनाको मृत्यु भएको छ ।

यस्तै, अघिल्लो दिनको तुलनामा नयाँ संक्रमितमा ३.४१ प्रतिशत कम भएको छ । बिहिबार ३.४७ लाख व्यक्ति संक्रमित भएका थिए र ७०३ जनाको मृत्यु भएको थियो । 

हाल भारतमा २१.०५ लाख सक्रिय संक्रमित छन् । तेस्रो लहरमा कूल सक्रिय संक्रमितको आँकडा पहिलो पटक २१ लाख पार भएको छ ।

कूल सक्रिय संक्रमितले ३१ डिसेम्बरमा १ लाख र ८ जनवरीमा ५ लाखको आँकडा छोएको थियो । यो हिसाबले २२ दिनभित्रै कूल संक्रमितमा २१ गुणा वृद्धि भएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय