सिरहा— सिरहामा ट्र्याक्टर दुर्घटनामा परेर एकजनाको ज्यान गएको छ ।

सिरहा नगरपालिका–१३ स्थित सडकमा आफैँ अनियन्त्रित भई ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ट्र्याक्टर चालक सोही नगरपालिका–१६ निवासी २२ वर्षीय सुरज गोइत रहेको प्रहरीले जनाएको छ ।

स१त ३९७२ नंको ट्र्याक्टर गए राति आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ट्र्याक्टर चालक गोइतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय