एजेन्सी— भारतको उत्तर प्रदेशस्थित फिरोजाबादमा अनौठो घटना भएको छ ।

नारखी क्षेत्रमा दुई पक्षबीच कुटाकुट हुँदा प्रहरीले एक अराोपितलाई समातेर लैजाँदा गर्दा ती व्यक्ति प्रहरीको नाक र कान टोकेर घाइते बनाई फरार भएका छन् ।

प्रहरीले आरोपितको खोजी गरिरहेको छ ।

सोमवार साँझ प्रहरीलाई कुटपिटको खबर आएपछि घटनास्थल पुगेको थियो । सन्दीप नामक प्रहरी अधिकारीले टिल्लु नाम गरेका आरोपितलाई समाते र बाइकमा राखेर नारखी थानातिर लगे ।

बाटोमा जाँदै गर्दा आरोपित टिल्लुले सन्दीपको कान टोकिदियो । सन्दीपले पछाडि फर्केर हेर्दा नाक पनि टोकिदियो ।

रगतपच्छे भएपछि सन्दीपले बाइक रोके अनि आरोपित टिल्लु फरार भयो ।

अर्का प्रहरीले सन्दीपलाई ट्रमा सेन्टर लगेर उपचार गराए ।

आरोपित टिल्लुको खोजी जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय