काठमाडौं— पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्च भएका छन् ।

उनी बुधबार राति ८ बजे नर्भिक अस्पतालबाट डिस्चार्ज भएका हन् ।

कोरोना संक्रमण भएपछि शाह पूर्वरानी कोमल र छोरी प्रेरणासहित १९ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

अस्पतालमा उनलाई अक्सिजनको सपोर्ट दिएर राखिएको थियो । लगातारको उपचारपछि उनको स्वास्थ्यमा निकै राम्रो सुधार भएको अस्पतालले जनाएको छ ।

कोरोनाका लक्षणहरु हराएपछि उनको ३ दिनअघि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछिको अवस्थामा पनि सुधार भएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय