एजेन्सी— भारतको राजधानी नयाँ दिल्लीमा थप एक साता लकडाउन हुने भएको छ ।

मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार सरोकारवाला सबैको सुझावअनुसार एक साता लकडाउन लम्ब्याउने निर्णय गरेको बताएका छन् ।

दिल्लीमा अब मे १७ सम्म कडा लकडाउन जारी रहने र मेट्रो रेल पनि बन्द रहने हिन्दुस्तान टाइम्सले जनाएको छ ।

‘गएका दुई-तीन दिनमा राजधानीमा संक्रमणको दर ३५ बाट २३ प्रतिशतमा झरेको छ,’ मुख्यमन्त्री केजरीवालले भनेका छन् । यद्यपी यसलाई अझै नियन्त्रण गर्नु पर्ने  भएकाले लकडाउन खोल्ने बेला भइनसकेको उनको भनाइ छ ।

भारतमा कोरोनाको दोस्रो लहरले आक्रान्त राज्यमध्ये दिल्ली पनि एक हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय