ढल्केवर- धनुषाको ढल्केवरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मिथिला ब्याडमिन्टन क्लबको सहयोगमा मिथिला उद्योग वाणिज्य संघले शुक्रवार आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा ४६ जनाले रगत दिएको मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका अध्यक्ष तेजनारायण साहले जानकारी दिए ।

देशभर रेडक्रसलगायतका रक्तसञ्चार केन्द्रहरुमा रगत अभाव भएपछि आकस्मिक रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

नेपाल रेडक्रस सोसाईटी जनकपुर शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय