ढल्केवर- मगही भाषाका चर्चित गायक अनुरुप उपेन्द्र पन्डितको स्वरमा ‘गौवाके याद याबे’ गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ ।

मगही भाषालाई जगेर्ना गर्ने उद्देश्यले तयार गरिएको “गौवाके याद याबे” बोलको म्युजिक भिडियो ब्लगउ व्बलबपउगच युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

मगही भाषाका चर्चित गायक अनुरुप उपेन्द्र पन्डितको स्वर रहेको ‘गौवाके याद याबे’ बोलकोे यस म्युजिक भिडियोमा गीतमा मधेशका हास्य कलाकार प्रदिप महतोको प्रमुख भूमिका रहेको छ भने अन्य कलाकारमा अमिता सिंह, देवानन्द सिंह, बिनोद महतोलगायतका कलाकारको अभिनय रहेको छ ।

मगही भाषा संरक्षण सम्बद्र्धनका अभियानी फुलगेन मगहीकाअनुसार यो गीत बिहार पटनाका उदय शर्माले लेखेका हुन ।

समाजिक पीडा र समाजमा रहेका महत्वपूर्ण सामग्री झल्कीने गरी यो भिडियो बनाएको हो । भिडियो फुलगेन मगहीको प्रयासले बनेको हो भने म्यूजिक भिडियोको निर्देशन कृष्ण कुमार महतोले गरेका हुन । त्यसैगरी भिडियो मिक्सिन न्यमिक यादव, क्यमराम्यानमा बुधेश्वर रजक छने भने रावबरण महतो र अमरेश कुमार सिंहले आर्थिक सहयोग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय