विजयकुमार साह
धनुषा- धनुषाको मिथिला नगरपालिकाले गाउँ ब्लकको अतिक्रमित जग्गा खाली गराएको छ ।

मिनिपा वडा नं. ६ ढल्केवरमा रहेको गाउँ ब्लकको १५ धुर बहुमुल्य जग्गा अतिक्रमण गरी निर्माण गर्दै गरेको पक्की घर भत्काएर जग्गा खाली गराइएको हो ।

गाउँ ब्लकको १५ धुर बहुमुल्य जग्गामा स्थानीय बासी हुकुमदेव महतोले अतिक्रमण गरी पक्की घर निर्माण गर्न थालेपछि मिनपाको नगरप्रमुख हरिनारायण महतोकोे नेतृत्वमा सोमबार सो जग्गा खाली गराइएको छ ।

खाली गराइएको जग्गा मध्ये केही सार्वजानिक बाटो बनाइने र बाँकी रहेको जग्गा नगरपालिकाले आफ्नो उपयोगमा ल्याउने नगरप्रमुख महताले जानकारी दिए । उनले मिथिला नगरपालिकाभित्र रहेको गाउँ ब्लकको अतिक्रमित जग्गा खोजिनीति गरी खाली गराइने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय