-लोकनारायण सुवेदी

अन्ततः भारत र अमेरिकाका बीच त्यो ‘बेसिक एक्सचेञ्ज एण्ड को–अपरेशन एग्रिमेण्ट’(बेका) सम्झौता भएको छ जुन अत्यन्तै गम्भीर प्रकृतिको र महत्वपूर्ण छ । यस सन्दर्भमा दुइ देशका बीच बर्षौैंदेखि गृहकार्य चल्दै आएको बताइन्छ । यो बास्तवामा दुइ देशका बीचको सामरिक सहयोग बढाउने समझदारी अन्तरगत गरिन लागेको चौथो सम्झौता हो ।

यसभन्दा पहिला दुबै देशले २००२ मा ‘जेनेरल सेक्युरिटी अफ मिलिटरी इन्फरमेशन एग्रिमेण्ट’, २०१६ मा ‘लजिस्टिक एक्सचेञ्ज मेमोरेण्डम अफ एग्रिमेण्ट’ र २०१८ मा ‘कम्प्याबिलिटी एण्ड सेक्युरिटी एग्रिमेण्ट’मा दस्तखत गरिसकेका हुन् । यतिबेला के मानिदैछ भने यो ‘बेका’ सम्झौता दुबै देशहरुका बीच ‘रक्षा र भू–राजनीतिक क्षेत्रमा सहयोग र तालमेल’लाई पूर्णता प्रदान गर्ने सम्झौता हो ।

यद्यपि अमेरिका जस्तो बिश्व महाशक्ति राष्ट्रसँग रक्षा सम्झौता गर्ने कुरा जतिबेला पनि उठ्छ त्यतिबेला अनेक किसिमका आशंकाहरु उत्पन्न हुन्छन् या जोडिएका हुन्छन् भन्ने कुरा भारतले महसुश गरेको देखिन्छ । यो अहिलेको ‘बेका’ सम्झौतालाई लिएर पनि जब कुराकानी आरम्भ भयो त्यतिबेला तत्कालीन यूपीए सरकारले कयौं किसिमका चिन्ताहरु जाहेर गरेको थियो । सम्झौताको अहिलेको बिन्दूसम्म पुग्नमा यदि यत्तिका समय लाग्यो भने त्यसको कारण यही थियो कि लामो बातचितको माध्यमबाट एक अर्काका आशंकाहरुलाई हटाउने बाटो खोज्ने र अनि सहमतिलाई पक्का गर्ने । अहिले त्यही भएको बताइएको छ ।

जे होस्, अब यस सम्झौता अन्तरगत भारतलाई अमेरिकी सैन्य उपग्रहहरुद्वारा जुटाइने संबेदनशील सूचनाहरु र चित्रहरु समेत ‘रियल टाइम बेसिस’ मा उपलब्ध हुनसक्ने छन् ।अमेरिकाले त्यस्ता महत्वपूर्ण तथ्यांक र म्यापहरु प्नि भारतसँग सेयर गर्नसक्ने छ जसका आधारमा आफ्ना सामरिक लक्ष पूरै सन्निकटतापूर्बक हासिल गर्न भारतका लागि सहज हुनेछ । खाशगरीकन दुइ छिमेकी राष्ट्रहरु चीन र पाकिस्तानसँग भारतको बिद्यमान तनाबपूर्ण सम्वन्धका सन्दर्भमा हेर्ने हो भने यो सम्झौता बिशेषरुपले अझ महत्वपूर्ण हुन पुग्दछ । अझ थप कुरा यस्ता सम्झौताहरु तत्कालीन सन्दर्भहरुमा मात्र सीमित रहँदैनन् । न ती एकतर्फी किसिमले फाइदाजनक नै हुन्छन् । ध्यान दिनुपर्ने कुरा यस्ता सम्झौतामा के हुन्छ भने यो सम्झौता यस्तो समयमा भएको छ जति बेला अमेरिकी राष्ट्रपति निर्बाचन आफ्नो अन्तिम चरणमा पुगेको छ । यद्यपि दुइ देशका बीच हुने यस्ता सम्झौताहरुलाई कुनै खाश दुइ सकरकार बीचका मामिला पनि मानिदैनन् ।

तथापि अमेरिकी आम चुनावको मतदान गर्ने तिथिमितिको ठीक पहिला भएको यो सम्झौताले यस कुरालाई पनि रेखाङ्कित गर्दछ कि दुइ देशहरुको सम्वन्ध अब खाश नेताहरुका बीचको ‘पर्सनल केमेष्ट्री’मा मात्र निर्भर रहेका छैनन् । यी दुबै देशहरुका बीच बढ्दो सहयोग र अझ राम्रो हुँदै गएको तालमेलको पनि ठोस संकेत मानिदैछ । भनिदैछ – कुनै पनि अन्य सम्वन्धले जस्तै यो निकटताले पनि दुबै देशलाई लाभ प्रदान गरिरहेको छ । केवल रक्षा क्षेत्रको मात्रै कुरा गर्ने हो भने पनि भारत–अमेरिकी सहयोग बढ्न शुरु भए पछिदेखि यता अर्थात् २००७ देखि अहिलेसम्म अमेरिकी कम्पनीहरुले भारतलाई २१ अर्ब डलरभन्दा बढीको हतियार बिक्री गरिसकेका छन् ।

बद्लिएको परिस्थितिलाई ध्यानमा राख्दै दुबै देशको सम्वन्धमा बढ्दो तालमेलले केवल भारत र अमेरिकाको राष्ट्रिय हितको दृष्टिले मात्रै होइन, बिश्व शान्ति र क्षेत्रीय सन्तुलनका लागि पनि उपयोगी भएको दाबी गरिदैछ । तर भारतसँगको यो अमेरिकी महत्वपूर्ण सम्झौतालाई चीन पाकिस्तान समेत बाँकी बिश्वले कसरी लिन्छन् त्यसले पनि धेरै कुरा परिसीमन गर्दछ नै ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय