सप्तरी- सप्तरीस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा एक नवजात शिशुको डाक्टरको लापरवाहीले मृत्यु भएको भन्दै परिवारजनले कारबाहीको माग गरेका छन् ।

सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ५ की २९ वर्षीया मौसमी सरकारको गएको असोज ३० गते गजेन्द्र नारायण सिंह अस्पतालमा सफल शल्यक्रिया मार्फत शिशु जन्मिएकी थिइन् ।

अस्पतालमा बालरोग विशेषज्ञ डाक्टर समयमा नआउदा शिशुको मृत्यु भएको भन्दै परिवारले छानबिनका लागि गजेन्द्र नारायण सिंह अस्पतालको प्रशासनमा उजुरी समेत दिएको छ । डाक्टर उषा देव र डाक्टर दिलिप साह तथा उनका सहयोगी स्टाफ नर्सहरुको टोलीले शिशुको जन्म भएपनि अस्पतालको अपरेशन कक्षमा बालरोग विशेषज्ञसँग चेकजाँच नगराएकोले मृत्यु भएको शिशुको आरोप लगाएको छ ।

मृत्यु भएका शिशुका बुबा पंकजकुमार सरकारले भने, ‘आमाको दुध नआउने, बच्चा रुने, शरीर काम्ने जस्तो समस्या देखिएपछि नर्सलाई जानकारी गराएको र उहाँले बच्चा भोकले रुदैछ भनेर जवाफ फर्काएको भन्दै नर्सकै सल्लाहमा बच्चालाई ल्याक्टोजिन दिन थालेको थियौं । तर पनि बच्चा जन्मिएपछि एक पटक पनि बालरोग डाक्टरले हेर्न आएनन् ।’ सरकारले बच्चाको डाक्टरलाई बोलाईदिनुस् भनेर आग्रह गरेपनि अस्पतालले बेवास्ता गरेको भन्दै कात्तिक १ गते राति साढे १० बजे बच्चा रुने, जिउँ तातो हुने र नर्सले पनि झर्केर बोल्दै फर्काएको शिशुको बुवा सरकारले बताए ।

‘कात्तिक २ गते आईतबार बिहान ३ बजे बच्चा झन् बढी रुन थालेपछि उसको अवस्थापनि कमजोर हुँदै गएको देखेर नर्सलाई भन्न जाँदा कोहीपनि नआएको र अस्पतालमा डाक्टर पनि उपस्थित नहुँदा म आत्तिए,’ सरकारले थपे । फोनमा एक जना डाक्टरसँग सम्पर्क हुँदा आफू अस्पतालमा नभएको बताएको सरकारको भनाइ छ । ‘अर्का डाक्टर ललन रौनियारसँग कुरा हुँदा उहाँले बच्चा बाहिर लिएर जानु पर्छ भनेर जवाफ दिनुभयो थियो ।’ डा. रौनियारसँग कुराकानी र अस्पतालमा नर्सलाई खोज्न जाँदा सम्म ढिलो भइसकेको भन्दै धरान रिफर गरेपछि बाटोमै छोराको मृत्यु भएको सरकारले बताए ।

अस्पतालको लापरबाहीकै कारण आफ्नो बच्चाको मृत्यु भएको भन्दै सरकारले जिल्ला घटनाबारे छानबिनका लागि अस्पताल प्रशासनलाई पनि आग्रह गरेका छन् । उनले अस्पतालको अव्यवस्थित वातावरण र डाक्टरको लापरबाहीका कारण आफ्नो छोराको मृत्यु भएको आरोप समते लगाएका छन् ।

यता, अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा. रञ्जीत झाले ७२ घन्टाको समय माग गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याइएने आश्वासन दिएका छन् । घटनाबारे विस्तीत बुझेर सत्यतथ्य छानबिन गरिने पनि डा. झाले बताएको मृतक शिशुका बुबा सरकारको भनाइ छ ।

साभारः टुडेपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय