ढल्केवर- धनुषाको मिथिला नगरपालिका वडा नं ६ मा वास्तविक असिना पीडितले जस्तापाता नपाएको भन्दै स्थानीयहरु आनदोलित भएका छन् ।

असिनापीडितलाई लक्षित गरी राहत स्वरुप आएको जस्तापाता वास्तविक पीडितले नपाएपछि स्थानीहरु आक्रोशित बनेका हुन् । जस्तापाता पाउनबाट वञ्चित भएका असिना पीडितहरु सोमवार विहान वडाकार्यालय घेराउ गर्दै वडा कार्यालयमा तालावन्दी गरेका छन् ।

गृहमन्त्रालयले जिल्ला विपद व्यवस्थापन समिति मार्फत असिना पीडितका लागि जस्तापाता उपलब्ध गराएको छ । गत बैशाख १६ गते असिनापानी र हावाहुरीबाट प्रभावित घरपरिवारलाई प्रतिघर २ ब्यान्डल अर्थात २४ पिसको दरले जस्तापाता उपलब्ध गराएको छ । गृहमन्त्रालयले छुटयाएको ४ करोडको लागतमा धनुषा स्थित जिल्ला विपद व्यवस्थापन समितिले सो जस्ता उपलब्ध गराएको हो ।

जसमध्ये धनुषाको मिथिला नगरपालिका वडा नं ६ मा जस्तापाता वितरण गर्न २६५ घरपरिवारको तथ्यांक सार्वजानिक गरेका छन् । असिना पीडितका लागि आएको जस्तापाता छतबाला पक्की घर भएकाहरुलाई बाँडेको स्थानीयहरुको आरोप छ ।

छतबाला पक्की घर भएका हुनेखाने धनीहरुलाई जस्तापाता वितरण गरेको स्थानीय उर्मिला महतो सुडीले आरोप लगाइन् । उनले असिनापानीले घरको टाली(छाना) फुटाईदिएपछि आफू पाँच महिनादेखि प्लाष्टिक मुनी गुजारा गर्दै आएपनि आफूहरुलाई जस्तापाता नदिएको उनको गुनासो छ ।

यता मिथिला नगरपालिका वडा नं ६ का वडाध्यक्ष भक्त बहादुर बलम्पाकीले वडासदस्यहरुले संकलन गरेको नामावली अनुसारनै जस्तापाता वितरण गरिएको बताए । उनले जस्तापाता गरिव, विपन्नका लागि नभई असिना पीडितको लागी आएको जनाए । छुट भएका असिना पीडितहरुको विषयमा अनुगमन गरेर नगरपालिकामा कुरा राख्ने वडाध्यक्ष वलम्पाकीको भनाइ छ । आनदोलित पक्षसंग छलफल गरेर ताल्चा खुलाउने प्रयास भइरहेको उनले प्रतिक्रिया दिए ।

साभारः द पब्लिक टुडे

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय