काठमाडौं- नेपालमा थप ५९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५९४ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । संक्रमितमध्ये १७ हजार ७७ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट २४० जना डिस्चार्ज भएका छन् । प्रवक्ता डा. गौतमका अनुसार पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौं छन् । त्यसैगरी संक्रित शून्य भएका जिल्ला संखुवासभा, मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय