काठमाडौं- नेपाल प्रहरीमा काठमाडौंका १६५ सहित देशभर ५२५ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रहरी प्रधान कार्यालयमा १३५ र काठमाडौं उपत्यकामा ३० सक्रिय संक्रमित छन् । यस्तै प्रदेश १ मा २४, प्रदेश २ मा ४८, वाग्मती प्रदेशमा ३४, गण्डकीमा १९, प्रदेश ५ मा ४४ र सुदूरपश्चिम प्रदेशमा चारजना सक्रिय संक्रमित छन् । हालसम्म १८७ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो समय प्रहरीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । देशका अन्य क्षेत्रमा भन्दा काठमाडौंमै कार्यरत प्रहरीमा संक्रमण बढी पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय