सेभ द चिल्ड्रेनको मानवाधिकार समूहले महामारीले विश्वव्यापी रुपमा ‘शैक्षिक आपतकाल’को स्थिति सिर्जना गरेको जनाएको छ ।

समूहले जारी गरेको एक रिपोर्टमा सो कुरा उल्लेख गरिएको छ ।

सो रिपोर्टका अनुसार, करिब ९७ लाख बालबालिकाहरु फेरि स्कुल नफर्कने खतरा पैदा भएको छ ।

अहिलेको महामारीले तन्नम गरिब तथा सीमान्तकृतहरु सबैभन्दा बढी प्रभावित हुने रिपोर्टमा उल्लेख गरिएको छ ।
रिपोर्टका अनुसार, गत अप्रिल महिनामा मात्रै, १ अरब ६० करोड बालबालिकाहरु स्कुल जानबाट बञ्चित भएका थिए । इतिहासमै एउटा पूरै पुस्ताको शिक्षा प्रणाली अस्तव्यस्त भएको यो घटना इतिहासमै पहिलो हो ।
त्यसो त महामारी फैलिनुभन्दा अगाडि पनि संसारभरिमा २५ करोड ८० लाख बालबालिकाहरुको पहुँच स्कुलसम्म हुन सकेको थिएन ।
title photo: https://www.globalgiving.org

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय