काठमाडौँ— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बिलम्ब नगरि काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहसँग संवाद गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद थापाले, ‘प्रधानमन्त्रीलाई आग्रह मेरो आग्रह छ, काठमाडौँ महानगरपालिका प्रमुखसँग तत्काल वार्ता गरियोस्, जायज माग पूरा गरियोस्, यसमा काठमाडौँबाट निर्वाचित जनप्रतिनिधिलाई पनि सहभागी गराइयोस् ।’

बाघदरबार र सिंहदरबारबीच टकराब देखिएको भन्दै बिलम्ब संवाद गरेर समाधन खोज्नु पर्ने उनको भनाइ छ । ‘जुन जुन अहिले सल्टाउनु पर्ने हो । सल्टाइयोस् । जुन विषयमा समझदारी कायम गर्नुपर्ने हो । समझदारी कायम गरियोस् । जायज माग पुरा गरियोस् । र हामी काठमाडौँका जनप्रतिनिधिलाई पनि यो प्रक्रियामा संलग्न गराइयोस् ।’

सँगै सँगै बनाउनुपर्ने कानुन संसदमा ल्याउन उनको आग्रह छ । उनले भने, ‘हामी काम गर्न तयार छौं । क्रियाशील बनाउनुपर्ने संयन्त्रलाई क्रियाशील बनाइयोस् । स्थानीय सरकारहरु सिंहदरबार आएर वरिपरि घुम्नुपर्ने अवस्थालाई अन्त्य गरियोस् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय