काठमाडौँ उपत्यकालगायत देशैभरि रहेका मालपोत कार्यालयमा दुई वर्षअघिसम्म जग्गा किन्ने वा बेच्नेहरुको घुइँचो लागेको हुन्थ्यो । यता कर्मचारीहरुलाई काम धेरै भएर खाजा खाने समेत फुर्सद हुदैँन थियो । तर, अहिले त्यसको ठ्याक्कै उल्टो भएको छ ।

पहिले खुट्टा टेक्ने ठाउँ समेत नहुने मालपोत कार्यालयमा अहिले सुनसान छाएको छ त कर्मचारीहरु काम नभएर दिनभरि फेसबुक चलाएर बस्छन् । त्यस्तै, कार्यालयको वरपर व्यापारव्यवसाय सञ्चालन गर्ने व्यापारीहरुको दिनमै लाखौँको व्यापार हुने गथ्र्यो भने मालपोत कार्यालयमा लेखनदास गर्नेहरुले पनि दिनमै पाँच हजारदेखि लाखसम्म कमाउँन्थे ।

तर, अहिले कार्यालय वरपरका व्यापारीहरुको पाँच हजारको समेत व्यापार हुदैँन त लेखनदासहरुको कुनै दिन एक सुको पनि आम्दानी हुदैँन । पहिला पहिला मालपोत कार्यालयको वरपर सटर, कोठा वा फल्याट भाडामा पाइदैँन थियो । तर, अहिले त्यहाँ दिनहुँजसो कोठा खाली भइरहेकाछन् ।

यसरी घरजग्गाको किनबेचमा हवात्तै मन्दी आउनुको कारण वा मालपोत कार्यालय सुनसान हुनुको कारण मानिसहरुलाई सोध्दा उनीहरु बैंक तथा वित्तिय संस्थाले कर्जा प्रवाह गर्न छोडेपछि यस्तो अवस्था आएको दाबी गर्छन् ।विगत केही वर्ष घरजग्गाको मूल्य हवात्तै बढ्नुमा जग्गा दलाली र बैंक तथा वित्तिय संस्थाका सञचालक, अध्यक्ष र कर्मचारीको हात रहेको अहिले स्पष्ट हुन्छ ।

साथै, जग्गा दलालीहरुले पनि बैंक तथा वित्तिय संस्थाबाटै कर्जा मिलाएर नाफा खाने गर्दा रहेछन् र बैंक तथा वित्तिय संस्थाको पनि घजग्गामै धेरै लगानी छ भनेर छलङ्ग भएको छ ।अहिले ९८ प्रतिशत मानिसहरुको घरजग्गा बैंक तथा वित्तिय संस्थाको नाममा रोक्का रहेको बजारको पछिल्लो अवस्थाले देखाउँछ ।

झण्डै २० वर्षअगाडि बैंकले डिपोजिटवालालाई ४ देखि ६ प्रतिशत ब्याज र ७ देखि ९ प्रतिशत ब्याजमा कर्जा लगानी गरिन्थ्यो । त्यस्तै, सहकारीहरुले डिपोजिटवालालाई ६ देखि ८ प्रतिशत ब्याज र १० देखि ११ प्रतिशत ब्याजमा लगानी गर्ने गथ्र्यो ।तर, बैंकको त ९ प्रतिशत ब्याज महंगो भएको भनेर मानिसहरु कर्जा लिन जादैँनन् थिए त सहकारीबाट त झनै आशै गर्दैनन् थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय