सवारी दुर्घटनामा अध्यागमन अधिकृत पाण्डेको नि,धन

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत अध्यागमन अधिकृत भुपती पाण्डेको निधन भएको छ।

कार्यालय समय सकिएपछि घर फर्किने क्रममा बल्खु चोकको जेब्राक्रसिङमा उनले चलाएको स्कुटरलाई ट्रकले ठक्कर दिएको थियो।

घाइते पाण्डेलाई तत्काल बल्खुस्थित बयोधा अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको अध्यागमन विभागले जनाएको छ। पाण्डे अर्घाखाँची छत्रदेव गाउँपालिका-७ निवासी हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय