जापान । जापानको ओकिनावा प्रान्तमा अध्ययनका लागि आएका एक नेपाली विद्यार्थीको असामयिक नि’ धन भएको छ ।सन २०२२ मा जापान अध्ययनका लागि आएका नेपाल दाङ जिल्ला, तुल्सीपूर घर भएका खिम बुढामगरको असामयिक नि’ धन भएको हो ।

जापानी भाषा अध्ययनरत खिम,आफु बस्ने गरेको होस्टेलमा मृ’ त अवस्थामा भेटिएको एनआरएनए जापान ओकिनावा क्षेत्रीय समितिका संयोजक ज्ञानु भट्टले जानकारी दिनुभयो । घटनाको प्रकृति हेर्दा बुढामगरले आफैँले आफ्नो ज्यान लिएको देखिएको छ ।संयोजक भट्टका अनुसार प्रहरीले घटनाको छानबिनका लागि शव नियन्त्रणमा लिएको छ ।

अनुसन्धान पछि निधनको कारण र अन्य तथ्यहरु थाहा हुने प्रहरिले बताएको छ ।खिम बुढामगरको असामयिक नि’ धनको बारेमा नेपालमा परिवारलाई जानकारी गराईएको र परिवारको सल्लाहमा प्रहरिले अनुसन्धान सकेर श’ व बुझाएपछि दाहसस्कार लगायतको प्रकृया अघि बढाइने एनआरएनए जापान ओकिनावा क्षेत्रीय समितिका संयोजक ज्ञानु भट्टले जानकारी दिनुभयो ।

यो पनि – जापानको ओसाकामा बस्दै आएकी आरती खनालको खोजी कार्यमा सहयोग गर्न उनका परिवारले अपिल गरेसंगै खोजी कार्य तिब्र पारिएको छ। सोही अनुसार जापानीज प्रहरी लगाएत जापानमा रहेको नेपाली राजदूताबास एवं नेपाली संघ संस्थाले आ-आफ्नो कृपाशिलता बढाएका छन्।

जापनीज प्रहरीले हराई रहेकी आरतीको वायोडाटा, फोटो सहितको विवरण सार्वजनिक गरेको छ। केही हप्तादेखि हराईरहेकी नेपाली चेली जसको सम्पूर्ण बिबरण जापान प्रहरीले सार्वजनिक गरेको छ । सबैको फेसबुकको भित्ता – भित्तामा तथा सामाजिक सञ्जालमा पुर्याउ ,कसैले कतै देख्न सक्छन एनआरएनए आईसिसि सदस्य दिपक कार्कीले भने।

आरती खनाल विद्यार्थी भिषामा १० महिना अगाडी मात्रै जापान आएकी थिइन। उनी जापानको ओशाका सिटिको इकोनो कु कातासुया किता १- ३ – २ मा रहदैं आएको बताईएको छ। २३ वर्षीय आरतीको स्थायी घर चितवनको भरतपुर महानगरपालिका वर्डा नं १२ हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय