ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिकामा चट्याङले लागेर एक किशोरीको मृ’ त्यु भएको छ भने एक किशोरी गम्भिर घा’ इते भएकी छन् ।मृ’ त्यु हुनेमा चम्पादेवी गाउँपालिका वडा नं ६ घोराखोरी भदौरीकी ललित कार्की तथा तारा कार्कीकी छोरी २० बर्षीया शर्मीला कार्की (तामाङ) रहेकी छन् ।

शुक्रबार दिउँसो साँढे ४ बजेतिर पानीसँगै परेको चट्याङले उनको मृ’ त्यु भएको हो ।सोही चट्याङले शंकर कार्की तथा अप्सरा कार्कीकी १६ बर्षीया छोरी अरुणा कार्की भने गम्भिर घा’ इते भएकी छन् । चट्याङ लागेर घा’ इते भएका दुवैलाई तत्काल उपचारको लागि प्राथमिक उपचार केन्द्र (पिएचसी) रानीवन पुर्याइएको थियो ।

अस्पताल पुर्याइएको भएपनि शर्मीलाको बाटैमा मृ’ त्यु भएको पिएचसी रानीवनका एचए मदन कार्कीले जानकारी दिए । अरुणाको भने उपचार भैरहेको चम्पादेवी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष गणेश केसीले जानकारी दिए ।घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थल तर्फ गएको

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक केसीले जानकारी दिए । स्थानीयले जानकारी गराए पनि प्रहरीको टोली घटनास्थल हुदै अस्पताल गएको तर विस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

यो पनि – सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको सर्वसाधारणमा निष्काशित प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । शुक्रबार कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले उक्त आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले ८ चैतदेखि १२ चैतसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सर्वसाधारणका लागि ३५ लाख ८१ हजार ७६० कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गरेको थियो । उक्त आईपीओमा १४ लाख ४४ हजार ९७८ जना आवेदकबाट १ करोड ६२ लाख २९ हजार २३० कित्ता सेयरको लागि आवेदन परेको थियो ।

जसमध्ये विभिन्न कारणले आवेदन रद्द भएर १३ लाख ९३ हजार १५३ जनाको कुल १ करोड ५१ लाख ८७ हजार ९९० कित्ता सेयर माग गरेको आवेदन सदर भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । सर्वसाधारणका लागि निष्काशित ३५ लाख ८१ हजार ७६० कित्ता सेयरका लागि माग भन्दा अधिक सेयरको लागि आवेदन प्राप्त भएकोले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय