यूएईलाई २ रनले हराउँदै नेपाल विश्वकप छनोटमा

२ चैत, काठमाडौं । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा २ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल २ रनले विजयी घोषणा भयो ।

यो जितसँगै ४० अंकका साथ नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टूको तेस्रो स्थानमा उक्लिँदै विश्वकप छनोटमा पुग्न सफल भयो ।

गुल्सनले बनाए अर्धशतक

२ चैत, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालका गुल्सन झाले अर्धशतक बनाएका छन् ।

बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा युएईविरुद्धको खेलमा गुल्सनले ५० रन पूरा गरेका हुन् । उनले ४८ बलमा अर्धशतक पूरा गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय