यूएईलाई जित्न नेपालले ३११ रन बनाउँनु पर्ने

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्तर्गत अन्तिम खेलमा नेपाल विरुद्ध यूएईले ३१० रन बनाएको छ ।

यूएईले पुरै ५० ओभर खेलेर ६ विकेट गुमाउँदै ३१० रन बनाएपछि नेपालले जितको लागि ३११ रन बनाउँनु पर्ने भएको हो । यूएईका लागि आसिफ खानले ४२ बलमा १०१ रन बनाए । त्यसैगरी भि अरविन्दाले ९४ तथा कप्तान मोहमद वासिमले ६३ रन बनाए।

नेपालका लागि दिपेन्द्रसिंह एैरीले २ विकेट लिए। त्यसैगरी सन्दीप लामिछाने , सोमपाल कामी र ललितनारायण राजवंशीले एक एक विकेट लिए । यस अघि यूएईले टस जितेर पहिलो व्याटिड गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय