अन्धविश्वासले नि,म्त्याएको लीलाको दु:ख १४ वर्षकी छोरीलाई गुमाए, शो,कमा छिमेकीले सद्भाव खोसे

सैनामना नगरपालिका वडा नम्बर १० मा रहेको ज्ञवाली परिवारको कान्छी छोरी झारफुकको क्रममा मारिइन्। भिडियो सार्वजनिक भएपछि मलामी गएकासहितलाई प्रहरीले छानबिनका लागि लग्यो।

कान्छी छोरीको झारफुकका क्रममा यातनाका कारण मृत्यु भएको १० दिन बित्दा पनि लीला ज्ञवालीको घर सुनसान छ।

मृ,त्यु संस्कार नसकिएसम्म आफ्ना, नातागोता, आफन्त, छिमेकबाट समवेदना आउने सामाजिक परम्परा छ। तर लीला सबैबाट एक्लिएकी छिन्। माइत आएकी छोरी र उनको बच्चा बाहेक अरू कोही छैनन् घरमा।

बिरामी भएकी १४ वर्षीय सीता ज्ञवालीलाई यातना दिँदा उनको मृ,त्यु भएको थियो। यातना दिँदा आमा-बुबाले समेत केही नगरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भयो। अनि उनी समाजबाट एक्लिइन्।

फागुन २० मा झारफुककोक्रममा यातना दिएपछि छोरीको मृ,त्यु भयो। अनि परिवारका सदस्य मिलेर रातारात शवको अन्त्येष्टि गरे। दुई दिनपछि यातना दिएको भिडियो सार्वजनिक भयो। अनि सबै प,क्राउ परे।

प्रहरीले अनुसन्धानको क्रममा उपचार गर्ने माता, माताको परिवार, मृतकको बुबा ताराप्रसाद ज्ञवाली, मृ,तकका मामा ईश्वरी पोखरेलसहित मलामी जाने १८ जनालाई हिरासतमा राखेको छ। १० जना तारिखमा छन्। आमा छोरीको मृ,त्युसँगै समाजबाट एक्लिँदाको पीडामा छिन्।

के थियो घ,टना ?

सहर उन्मुख रुपन्देहीको सैनमैना १० का ताराप्रसाद ज्ञवाली र लीला ज्ञवालीकी कान्छी छोरी हुन सिता। ज्ञवालीका ३ छोरी र १ छोरा छन्। २ छोरीको विवाह भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय