कठै!परिवार पाल्छु, भनेर बाटो खन्नगएका श्रीमानको मृ-त्यु!, घरमा अन्नको गेडो समेत छैन,यी कलिला नानिबाबु र श्रीमतिको बिचल्ली ,

परिवार पाल्छु भनेर बाटो खन्न गएका श्रीमानको मृ’ त्यु, घरमा अन्नको गेडो समेत नहुदा परिवारको बिचल्ली
भनिन्छ,

‘आर्थिक अवस्था नाजुक भएकाले मरे पछि पनि सुःख पाउँदैनन् ।’ कालिकोटमा ठ्याक्कै यस्तै घटना भएको छ । मृ तकको काजकिरिया गर्ने रकम अभावमा कालिकोटमा एक परिवारको बिजोग भएको छ । नेपाली समाजको निकै प्रचलित कथन छ,जसको केही छैन, त्यसलाई नै सबथोक आइपर्छ ।’

पुस १३ गते कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ८ का २५ वर्षीय राजेन्द्र विष्टको मृ-त्यु भयो । पैसा कमाएर घरपरिवार पाल्छु भनी हिँडेका उनी वडा कार्यालयको बाटो खन्न गएका थिए । तर, घर फर्कने क्रममा भीरबाट लडेर मृ,,त्यु भयो । दुई दिनसम्म श्रीमान घर नफर्किएपछि श्रीमती तिरिका विष्टले सबैतिर हारगुहार गरिन् ।

स्थानीयको सहयोगमा खोजी भयो तर, त्यस बेलासम्म उनी यो संसारबाट अस्ताइसकेका थिए ।आर्थिक अवस्था दयनीय उनको परिवारले अहिलेसम्म पनि का जकिरिया गर्न सकेको छैन । नि’ धन भएको १० दिन बितिसक्दा पनि मृ तकको परिवार कि’ रिया खर्चको जोहो गर्दैछ ।

आर्थिक रुपले विपन्न परिवारमा घरमूली नै अस्ताएपछि विष्टको परिवारमाथि बज्रपात भएको छ । उनको मृ’ त्युसँगै घरको दियो पनि निभेको छ । बिहान बेलुकाको छाक टार्न ज्यालामजदुरी गर्दै आएका विष्टको जग्गा जमिन केही थिएन । उनले काठ चिरानी गरेर पाँच जनाको भरणपोषण गर्दै आएका थिए ।

उनी बिलाएपछि श्रीमती र तीन स-साना बालबालिकाको बिचल्ली भएको छ । २१ वर्षीया श्रीमती तिरिका र ती कलिला बालबालिकाको अवस्था दयनीय बनेको छ । भर्खरको उमेरमा तीन छोरीछोरीको आमा बनेकी तिरिकाको २१, वर्षमै सिउँदो पनि पुछिएको छ ।

पति वियोग सँगै उनी माथि ६, वर्षका छोरा, ४ वर्षकी छोरी र ३ महिने दूधे बालकलाई कसरी हुर्काउने भन्ने चिन्ता थपिएको छ । ससाना बालबच्चाको पालनपोषण र घरखर्चको चिन्ताले उनी थप तनावग्रस्त बनेकी छन् । अवोध बालबालिका भने आफ्ना बुबाको पर्खाइमा देखिन्छन् ।मृतक विष्टका तीन दाजुभाइ छन् ।

तर, सबैको अवस्था उस्तै छ । बाटो खनेर घर फर्किने क्रममा ल’ डेर बितेका विष्टको परिवारलाई वडा कार्यालयले समेत आर्थिक सहयोग नगरेको बताइन्छ । परिवारलाई भोलि भन्दै वडाले टारेको स्थानीय बताउँछन् । विभिन्न संघसंस्था र गाउँलेको सहयोगमा ४० हजार रुपैयाँ जम्मा भएको भतिजा द्वितिक विष्टले बताए । त्यही रकमले कि’ रिया गर्न लागिएको उनी सुनाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय