स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, अर्का घाइते

कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार राति भीमदत्त नगरपालिका–१० तिल्केनीमा से ६ प २६६४ नम्बरको स्कुटर दुर्घटना भएको थियो।

सो दुर्घटनामा सोही नगरपालिकाको वडा नम्बर ४ भगतपुरका आयुष केशीको मृत्यु भएको प्रहरीले जनाएको छ।

स्कुटर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको अनुमान छ। दुर्घटनमा गम्भीर घाइते आयुष भारतको भोजिपुरास्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भने महेन्द्रनगरको मन्त्र अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय