गोरखा दुर्घट,नामा घाइते मध्ये एकको मृ,त्यु,(३) तीन जना लाई चितवन रिफर

काठमाडौं, गोरखा नगरपालिका–६ बिसौनीमोडमा मिनी ट्रक दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृ,त्यु भएको छ । दुर्घटना लगतै घाइतेलाई गोरखा अस्पताल पुर्‍याइएकामा उपचारको क्रममा एक जनाको मृ,त्यु भएको प्रहरीले जनाएको हो ।

मृ,तकको पहिचान भने खुलेको छैन । दु,र्घटनामा आठ जना घाइते भएका छन् । दुर्घटनाका सख्त घाइते तीन जनालाई उपचारका लागि चितवनस्थित नयाँ मेडिकल मेडिकल कलेज रिफर गरिएको छ भने चार जनाको गोरखा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरीले बताएको छ ।

बसपार्कबाट आँबुखैरेनी जाँदै गरेको प्रदेश–३–०१–००३ क ६१७० नम्बरको मिनी ट्रक अनियन्त्रित हुँदा एउटा मोटरसाइकल लाई ठक्कर दिएको थियो ।

ठक्कर दिएपछि साथै पैदलयात्रीलाई लतारेर बिसौनीमोडबाट करिब २० मिटर तल खसेको प्रहरीले बतायो।,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय