घिउको डब्बाभित्र चिठी लुकाएर जेलभित्र पुर्‍याउँथे दिलप्रसाद

बागलुङका दिलप्रसाद सापकोटा उमेरले ६३ वर्ष भए । पेसाले उनी किसान हुन्। अहिले पनि दैनिक खेती–किसानीमै व्यस्त छन्।

बागलुङको काठेखोला गाउँपालिका– ६ बिहुँका सापकोटा ०४६ देखि नै दैनिक आफ्ना गाईभैँसीको दूध बिक्रीका लागि बागलुङ बजार पुग्थे। उसवेला दैनिक दुई घन्टाको पैदल हिँडेर दूध, घिउ बिक्रीका लागि बागलुङ बजार पुग्नुपर्दथ्यो।

तत्कालीन अवस्थामा पञ्चायतविरुद्ध आन्दोलनमा सक्रिय रहेका सापकोटाको अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलसँग गज्जबको सम्बन्ध जोडिनुका साथै गर्भिलो इतिहास पनि छ।बिहीबार पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै सापकोटा निकै हर्षित छन्।

सापकोटा र पौडेलको सम्बन्ध ०४६ सालको पञ्चायतविरुद्धको आन्दोलनदेखि निकट बन्यो। नेपाल विद्यार्थी संघको जिल्ला अधिवेशन र पार्टी संगठन विस्तारका लागि ०४६ मंसिरमा बागलुङ आउँदा सापकोटा र पौडेलको सम्बन्ध जोडियो।

नेविसंघका तत्कालीन अध्यक्ष जगदीशचन्द्र उपाध्यायको घरमा भएको एउटा कार्यक्रममा सापकोटा र पौडेलको भेट भएको थियो। सापकोटा उपाध्यायको घरमा दैनिक दूध ल्याउँथे। त्यहाँ पञ्चायतविरोधी आन्दोलनबारे छलफल र कांग्रेसको संगठन विस्तारबारे छलफल चलिरहेको थियो। उनी पनि सोही कार्यक्रममा सहभागी भए र रामचन्द्र पौडेललाई चिन्ने मौका पाए।

बागलुङको कार्यक्रम सकाएर म्याग्दीको बेनी जान लागेका पौडेललाई बागलुङ–म्याग्दी जोडिने ढोडेनी खोलाबाट प्रहरीले फर्काइदियो । उनी पर्वतको फलेबासमा कांग्रेस नेता डिल्लीराम लामिछोनेलाई भेट्न पुगे। सोही क्रममा ०४६ साल मंसिर २६ गते प्रहरीको पक्राउ परे । पहिलो दिन बलेवा राखेर भोलिपल्ट बागलुङ कारागारमा पुर्‍याइयो पौडेललाई।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय