आफ्नै भान्जासंग यसकारण लामो समय देखि छैन अभिनेता गोबिन्दाको बोलचाल !

अभिनेता गोविन्दा र सुनिताको भान्जा कृष्णा अभिषेक र आरती सिंहसँगको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहेको थियो । गत वर्ष एक अन्तर्वार्तामा कृष्णा अभिषेक र आरतीले गोविन्दाको बारेमा खुलेर कुरा गरेका थिए ।

उनले आर्थिक संकटमा परेको बेला गोविन्दाले कसरी सहयोग गरेको बताए । हालै गोविन्दा र सुनिताले एक अन्तर्वार्ता दिएका छन् ।

यसै क्रममा उनलाई कृष्णा अभिषेक र आरतीको बारेमा प्रश्न सोधियो, जसमा गोविन्दा मौन बसे तर सुनिता शान्त रहन सकिनन् । गोविन्दाले आफू पारिवारिक मामिलामा मिडियामार्फत चर्चा गर्न नचाहेको बताए ।

गोविन्दाको यो भनाइमा सुनिता आक्रोशित भइन् । कृष्ण र आरती गोविन्दाकी बहिनी पद्माका सन्तान हुन् । जब गोविन्दा हिन्दी फिल्ममा चर्चित नाम थिए, दुवै लखनउमा हुर्केका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय