साउदीमा सुतेकै अबस्थामा सधैका लागी अस्ताए तनहुँका सन्तोष अधिकारी हार्दिक श्रद्दाञ्जली पोखरा । वैदेशिक रोजगारीको शिलशिलामा साउदी पुगेका तनहुँका सन्तोष अधिकारीको साउदीमै निधन भएको छ ।

तनहुँ भानु नगरपालिका वडा नं. १३ का ३३ बर्षीय सन्तोषको आइतबार दिउसो २ बजे सुतेकै अवस्थामा निधन भएको बताइएको छ । सन्तोष साउदीको प्रतिष्ठित कम्पनी अल्मराईको दम्माम वायर हाउसमा कार्यरत थिए ।

रातको ड्यूटी सकेर खाना खाई सुतेका उनी एक्कासी खोकेको जस्तो आवाज गरेपछि रुम पाटनरले अन्य साथी तथा कम्पनीलाई खबर गरेका थिए ।

कम्पनीले स्थानीय प्रहरी र एम्बुलेन्समार्फत अस्पताल पुर्याएको थियो । अस्पतालले मृत्यु भएको घोषणा गरेको बताइन्छ । उनी आगामी फ्रेब्रुअरीमा नेपाल फर्कने तयारीमा थिए । अधिकारीका आमा, श्रीमती एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय