चर्चित अभिनेत्री माधुरी दीक्षितकी आमाको निधन

काठमाडौं – बलिउड की धकधक गर्ल अभिनेत्री माधुरी दीक्षितलाई मातृ शोक परेको छ। उनकी आमा स्नेहलता दीक्षितको आइतबार बिहान ९१ वर्षको उमेरमा निधन भएको हो ।

माधुरीका श्रीमान श्रीराम नेनेले सामाजिक सञ्जालमार्फत स्नेहलताको मृत्यु भएको जानकारी दिएका हुन्। उनले लेखेका छन् ‘हाम्री प्यारी आमा स्नेहलता दीक्षित, आज बिहान आफ्नो नजिकका आफन्तबीच शान्तिसँग स्वर्गबास भएकी छन्,’ । भारतीय सञ्चार माध्यमका अनुसार उनको अन्तिम संस्कार दिउँसो ३ बजे गरिनेछ।

आमासँग एकदमै नजिक रहेकी माधुरीले आमाको ९० औ जन्मदिन धुमभामले मनाइदिएकी थिइन् । माधुरीको करिअर बनाउनका लागी उनकी आमाको ठूलो साथ रहेको बताइन्छ । उनको पिताले साथ नदिएका बेला उनकी आमाले यहा सम्म आउनका लागी ठूलो भुमिका निभाएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय