काठमाडौं : पछिल्लो समयकी व्यस्त र लोकप्रिय गायिका हुन् एलिना चौहान। उनले गाएको ‘धोकेबाज’ बोलको गीत त यतिबेला यत्रतत्र सर्वत्र चर्चित छ। यही गीतले एलिनलाई पछिल्लो समय निकै व्यस्त बनायो। ‘धोकेबाज’ गीतले चर्चा बटुली रहँदा यही गीत गाउने गायिका एलिना चौहानको प्रेम सम्बन्धले समेत चर्चा पाइरहेको छ यतिबेला ।

हाल एलिना सांगीतिक कार्यक्रमको लागि अष्ट्रेलियामा छिन् । केही दिन अधि एलिना अष्ट्रेलिया गएकी हुन् । अष्ट्रेलियामा रहिरहँदा एलिनाले एक युवकसँग बनाएका टिकटकहरु आफ्नो टिकटक अकाउन्टबाट पोस्ट गरिरहेकी छिन् ।ती युवक हुन् बागलुङका विष्णु सुवेदी। हो, यिनै विष्णु सुवेदीसँग एलिना प्रेम रहेको चर्चा छ।

विष्णु अष्ट्रेलिया बस्न थालेको धेरै भयो। विष्णुले पनि गीत गाउँछन, गीत लेख्छन् पनि। विशेषगरी ‘मायालु इन्टरटेन्मेन्ट’ युट्युब च्यानलका संचालक हुन् विष्णु। गत तिज कार्यक्रममा अष्ट्रेलिया जाँदा एलिना र विष्णुको भेटघाट भएको र त्यही भेटबाट दुबैजना नजिक भइ हाल प्रेममा रहेको बताइएको छ।

हाल एलिनाले टिकटकमा पोस्ट गरेका भिडियोबाटै थाहा हुन्छ कि यी दुई प्रेममा छन् भन्ने कुरा। ‘ब्युटिफुल कपल, नाइस जोडी, क्युट कपल’ लगायतका सयौं कमेन्ट एलिनाका नजिकका शुभचिन्तकले टिकटकमा गरेका छन् ।त्यस्तै, एलिनाले प्रयोग गर्ने एउटा ह्यासट्याग छ, जुन ह्यासट्याग हो #albisa55 ।

एलिनाले यो ह्यासट्याग प्रयोग गर्न थालेको धेरै भयो। दुबैको नामबाट तयार पारिएको यो ह्यासट्यागबाट पनि अनुमान गर्न सकिन्छ कि यी दुई प्रेममा छन् भन्ने कुरा। बुझिए अनुसार यि दुईले छिट्टै विवाह समेत गर्दैछन् ।एलिना र विष्णुले केही गीतमा सहकार्य समेत गरेका छन् ।

केही महिना अघि बजारमा आएको ‘बाजा तालमा’ बोलको गीतमा एलिना र विष्णुले युगल आवाज दिएका छन् ।सुन्नामा आए अनुसार विष्णुले यो गीतको निर्माणको सबै जिम्मेवारी एलिनालाई दिएका थिए रे। यत्ति सम्मकी यो गीतको भिडियोमा आबद्ध कलाकारहरुलाई पारिश्रमिक एलिनाकै हातबाट दिइएको थियो रे।

यो गीतको भिडियोमा सामारिका ढकाल, स्मारिका ढकाल, विजय पुन र जिवेश गुरुङको अभिनय रहेको छ। गीत विष्णुले आफ्नै च्यानल ‘मायालु इन्टरटेन्मेन्ट’बाट सार्वजनिक गरेका थिए।त्यसो त, विष्णुले पनि एलिनासँग बनाएका ड्युट टिकटक भिडियो बेलाबेला आफ्नो टिकटक अकाउन्टबाट अपलोड गरिरहेका हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय