लगातार विकेट चट्काउदै सन्दिपले हासिल गरे ठुलो उपलब्धि…

नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले सन् २०२३ मा सर्वाधिक विकेट लिने विश्वभरका बलरहरुको सूचीमा अग्रस्थान कायम गरेका छन् ।

हालसम्म खेलेका ८ म्याचमा २२ विकेट लिएर उनी सूचीको पहिलो नम्बरमा रहेका हुन् ।

दोस्रो नम्बरमा रहेका बलरसँग सन्दीपको निकै ठूलो दुरी छ । नामिबियाका आर ट्रिम्पेलम्यानले ६ म्याचमा १५ विकेट लिँदै दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा रहेका भारतका मोहम्मद सिराजले ५ खेलमा १४ विकेट लिएका छन् ।

सिराज अहिले आइसीसी विश्व वरियताको पहिलो नम्बरमा रहेका बलर हुन् । सर्वाधिक विकेट लिने टप १० बलरमा नेपालकै करण केसी पनि छन् । केसीले अहिलेसम्म ९ म्याच खेल्दा १३ विकेट लिएका छन् ।

उनी सूचीमा छैटौं नम्बरमा छन् । उनको एभरेज र इकोनोमी भने खराब छ । औसत ३१.३८ बलमा एक विकेट लिइरहेका करणले प्रति ओभर ५.७३ रन खर्चेका छन् ।

सन्दीपको भने औसत र इकोनोमी पनि निकै राम्रो छ । उनले औसत १५.०९ बलमा विकेट लिइरहेका छन् भने प्रतिओभर ४.१८ रन मात्रै खर्चिएका छन् । यता आईसीसी पुरुष एकदिवसय क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक श्रृंखलामा पीएनजीले युएईमाथि जित निकालेको छ ।

किर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा पीएनजीले युएईमाथि ५६ रनको जित हासिल गरेको हो । यो पीएनजीको युएईमाथि लगातार तेस्रो जित हो ।

ओपनरद्वय किप्लिन डोरिगाा र हिरिहिरिले ७२ रनको शानदार शुरुवात दिएका थिए । खेलको ११औं ओभरको पहिलो बलमा डोरिगाा ४४ बलमा ५५ रन बनाउँदै पभिलियन फर्किएका थिए ।

यसपछि पहिलो विकेटका लागि हिरिहिरिले सेसे बाउसँग मिलेर ११२ रनको शतकिय साझेदारी गर्दै पीएनजीलाई बलियोस्थितीमा पुर्याए । हिरिहिरि ३१.३ ओभरमा ८५ बलमा ७७ रन बनाउँदै आउट भएपछि पीएनजीको ब्याटिङ्ग अर्डर धर्मराउन शुरु गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय