नेपाल मै पहिलो पटक निकिता पौडेलले (नारी टीभी) ल्याउदै।,

काठमाडौं निकिता पौडेलले अब नारी टीभी सञ्चालनमा ल्याउने भएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नी पत्नीले सञ्चालन गर्दै आएको टिभी फिल्मी’को नाम परिवर्तन भएको जनाएका हुन् । नारी दिवसको अवसरमा निकिता पनि उनले भनेकी छिन्, ‘अब हामी हाम्रो च्यानललाई नेपाली नारीहरूमा समर्पित गर्न चाहन्छौँ ।

टीभी फिल्मी अब छिट्टै नारी टीभी बनेर आउनेछ । आज नारी दिवसका दिनमा यो घोषणा गर्न पाउँदा मलाई हर्ष र गर्व लागेको छ ।’ साथै सभापति लामिछानेले बुधबार ट्वीट गर्दै ‘टिभी फिल्मी’को नाम परिवर्तन गरेर ‘नारी टिभी’ बनाएको जनाएका छन् ।

लामिछानेकी पत्नी निकिता पौडेलले ‘टिभी फिल्मी’ चलाउँदै आएकी छिन् । त्यसको मालिक निकिता र उनका बुबा उद्धव पौडेल हुन् ।

निकिता पौडेलले पनि लेखेकी छिन् टिभी फिल्मी मार्फत हामीले १४ वर्ष नेपाली सिनेमा जगतको सेवा गर्यौ। परिस्थिति फेरिदै जादा करिव २ वर्ष जति सिनेमाहरु नै चलेनन्। त्यसको प्रत्यक्ष असर हाम्रो च्यानललाई पर्यो। कुनै समय थियो जति बेला टिभी फिल्मी नेपाली सिनेमा, कलाकार, प्राविधिक, बितरकहरुको एक मात्र साझा मंच थियो।

आज परिस्थिति बदलिएको छ। अन्य धेरै फिल्मी च्यानल, अनगिन्ती युट्युब च्यानल र प्रभावकारी सामाजिक संजालका कारण सिनेमा क्षेत्रले दर्शकहरुको साथ पाइरहेको छ।

हिजो केही, कोहि नहुदा हामीले सक्दो गर्यौं। यो सुनौलो यात्रामा हामीलाई सघाउनु हुने कलाकार, निर्माता, निर्देशक, प्राविधिक, सिने पत्रकारहरु लगायत सम्पुर्ण सिने जगतमा हार्दिक धन्यवाद टक्राउन चाहन्छु।

अब हामी हाम्रो च्यानल लाई नेपाली नारीहरुमा समर्पित गर्न चाहन्छौं। “टिभी फिल्मी अब छिट्टै “नारी टिभी” बनेर आउनेछ। आज नारी दिवसका दिनमा यो घोषणा गर्न पाउँदा मलाई हर्ष र गर्व लागेको छ।

यस च्यानलका कर्मचारी, प्राविधिक, प्रस्तोताका रूपमा नारीहरुलाई नै प्राथमिकतामा राखिने छ। नारी टिभीमा प्रस्तुत हुने कार्यक्रम, विषय, मुद्दा हरु अधिकांश नारी हरु मै केन्द्रित रहने छन्।

महिलाका मुद्दा, महिला सशक्तीकरण, साना तथा घरेलु महिला उध्यमीलाई सघाउने, महिला हिंसाका विरुद्ध खडा हुने, छोरीहरू लाई सबल सक्षम बनाउने र सबल सक्षम छोरीहरुका प्रेरणादायी कथाहरु देखाउने लगायतका कार्यक्रम यस च्यानलमा प्रशारण गरिने छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय